
२४ असोज, काठमाडौं । बारामा टिकटक बनाउन खोलामा हामफालेका एक युवक मृत फेला परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । उनी १९ असोजमा टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफालेका थिए ।
सोही दिनदेखि बेपत्ता भएका उनी ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक मृत फेला परेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाताखोरको सहयोगमा खोजतलास गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4