+
+
Shares

बनेपा फिल्म स्टुडियोलाई ३ करोड अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने सम्झौता गरेको छ।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, ‘काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको ‘सिनेपाः’ स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ।’
  • स्टुडियोले फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट-प्रोडक्सन सुविधा प्रदान गर्नेछ र विदेशमा महंगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ।

काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ ।

सञ्चार तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।

नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्मातालाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजनाको रुपमा बोर्डले उक्त स्टुडियोलाई लिएको छ ।

यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट-प्रोडक्सन सुविधा हुने उल्लेख छ ।

सम्झौतापछि बोर्ड अध्यक्ष डीसीले भने, ‘काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको ‘सिनेपाः’ स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ । यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा लगानी हो ।’

स्टुडियो निर्माण सम्पन्न भएपछि नेपाली फिल्मकर्मीलाई विदेशमा गएर महंगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यताको अन्त्य हुने बोर्डद्वारा प्रेषित विवरणमा जनाइएको छ ।

साथै यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने बोर्डको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?