+
+
Shares

मोरङ कारागारमा बन्दीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १९:३८

२५ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ ।

शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् ।

जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन छ ।

जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेको केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?