News Summary
Generated by OK AI. Editorially reviewed.- पसिना आउनु शरीरको प्राकृतिक प्रक्रिया हो र यसले शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ।
- पसिनाबाट आउने दुर्गन्ध ब्याक्टेरियाले बोसोयुक्त पसिनालाई तोड्दा उत्पन्न हुन्छ।
गर्मीमा पसिना आउने समस्याले प्रायः सबैलाई सताउँछ । काखी र खुट्टा गन्हाउने समस्याले त झन् धेरै तनाव दिन्छ । दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि धेरैलाई पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ ।
गर्मीमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पर्फ्यूमले पनि सहयोग गर्न सकिरहेको हुँदैन । पसिना आउनु पूर्णरूपमा सामान्य कुरा भएको विज्ञहरू बताउँछन् । यसको मतलब यो होइन कि, सरसफाइ राम्रो भएन । यो त शरीरको एक प्राकृतिक प्रक्रिया हो ।
प्रायः मानिसहरूलाई गर्मीले, व्यायाम वा तनावले पसिना आउँछ । यो पसिनाले नै शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ ।
पसिनाबाट दुर्गन्ध किन आउँछ ?
जब शरीरको तापक्रम बढ्छ, पसिना निस्किन्छ, यसमा पानी र नुन हुन्छ । यो पसिना सुकेर गर्मी बाहिर निकाल्छ र शरीरलाई चिसो बनाउँछ । तर ध्यान दिनुपर्ने कुरा यो हो दुर्गन्ध सिधै पसिनाबाट आउँदैन ।
बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलकी जीव विज्ञानकी प्रोफेसर मिशेल स्पीयरका अनुसार हाम्रो शरीरमा २ देखि ४ मिलियनसम्म स्वेट ग्ल्यान्डहरू हुन्छन् । यिनले दुई प्रकारको पसिना बनाउँछन् एउटा पानी जस्तो, जसले शरीरलाई चिसो बनाउँछ, र अर्कोमा बोसो बढी हुन्छ ।
बोसोयुक्त पसिना सामान्यतया काखी र जांघहरू नजिक निस्कन्छ । जब ब्याक्टेरियाले यसलाई तोड्छन् भने दुर्गन्ध आउन थाल्छ । पसिना आउनु शरीरका लागि राम्रो हो, तर हरेकले सफा–सुग्घर र आत्मविश्वासपूर्ण महसुस गर्न चाहन्छ ।
पसिना रोक्ने प्रयास गर्न नहुने विज्ञहरू बताउँछन् । बरू यसलाई व्यवस्थापन गर्न सिक्नुपर्छ, जसले दैनिक जीवनलाई सजिलो बनाउँछ ।
के दिनभर ताजा रहन सकिन्छ ?
साबुन र पानीले नुहाउनु पसिना र दुर्गन्धबाट बच्ने सबैभन्दा सजिलो तरिका हो । तर ठूलो प्रश्न यो हो, कति पटक नुहाउनु आवश्यक छ ? केही मानिसहरू दैनिक नुहाउने सल्लाह दिन्छन्, जबकि केहीले हप्तामा तीन पटक नुहाउनु पनि पर्याप्त छ भन्छन् ।
काखी, जांघहरूको माथिल्लो भाग र खुट्टाहरूलाई राम्रोसँग धुनु आवश्यक रहेको प्रोफेसर स्पीयर बताउँछिन् । ‘नुहाउँदा पानी पूरै शरीरमा बग्छ, तर मानिसहरू प्रायः खुट्टाहरूलाई धुन बिर्सिन्छन्’ प्रोफेसर स्पीयर भन्छिन्, ‘खुट्टाहरूलाई पनि राम्रोसँग सफा गर्नुपर्छ ।’
हाम्रा लुगाले पनि पसिना र दुर्गन्धमा असर गर्छन् । कटन र लिनेन जस्ता लुगाले पसिना सोसेर शरीरबाट टाढा गर्छन्, जसले राहत दिन्छ । तर सिन्थेटिक लुगाले पसिना रोक्छन्, जसले गर्मी र समस्या बढाउँछ ।
पसिनाबाट आउने दुर्गन्ध हटाउन शरीरमा डियोडोरेन्ट र एन्टीपर्सपिरेन्टहरू लगाउँदा पनि यिनले मद्दत गर्छन् । डियोडोरेन्टमा अल्कोहल हुन्छ, जसले छालालाई अलिकति अम्लीय बनाउँछ । यसले ब्याक्टेरियाहरू कम बढ्छन् र सुगन्धले दुर्गन्धलाई ढाक्छ ।
एन्टीपर्सपिरेन्ट्समा एल्मुलियम साल्टहरू हुन्छन्, जसले स्वेट ग्ल्यान्डहरूलाई ब्लक गर्छन् । यसले पसिना कम निस्कन्छ । एन्टीपर्सपिरेन्ट रातमा लगाउने र बिहान उठेर धुनु गर्नु पर्ने विज्ञहरूको सल्लाह छ ।
रातमा स्वेट ग्ल्यान्डहरू कम सक्रिय हुन्छन्, त्यसैले एल्मुलियमले सजिलै असर गर्छ । यो बिस्तारै जम्मा हुन्छ र यसको असर केही समयपछि देखिन्छ ।
के एन्टीपर्सपिरेन्ट्सले हानि पुर्याउँछ ?
एन्टीपर्सपिरेन्टहरूको प्रयोगले स्तन क्यान्सर र अल्जाइमर जस्ता रोगहरू निम्त्याउने भनी शंका पनि गरिने गरिएको छ । यस खालका हल्ला धेरै सुनिए पनि अहिलेसम्मका प्रमाणहरूले यो सुरक्षित रहेको देखाउने लण्डनकी छाला तथा सौन्दर्यविद् डा.नोरा जाफर बताउँछिन् ।
‘कुनै पनि राम्रो अध्ययनले प्रमाणित गर्दैन कि एन्टीपर्सपिरेन्टहरूबाट क्यान्सर हुन्छ’ डा.नोरा भन्छिन् ।
उनका अनुसार एल्मुलियम साल्टहरूको असर छालामा छोटो समयका लागि हुन्छ । जुन तह यिनले बनाउँछन्, ती पछि छालासँगै निस्किन्छन् । यी उत्पादनहरूको गलत प्रयोगले छालामा समस्याहरू आउन भने सक्ने डा.नोराको भनाइ छ ।
छालामा लगाउने यस खालका कुनै उत्पादनहरूले ४८ घण्टा वा ७२ घण्टासम्म असर गर्छ भने भने यिनले छालामा समस्या हुन सक्ने प्रोफेसर स्पीयर बताउँछिन् । ’जब पसिना र छालाका मृत कोषहरू जम्मा हुन्छन् भने स्वेट ग्ल्यान्डहरू बन्द हुन सक्छन् र छाला पोल्ने समस्या हुन सक्छ’ स्पीयर भन्छिन् ।
काँखी पूर्ण रूपमा सुख्खा भएका बेला मात्रै यस खालका उत्पादन लगाउन विशेषज्ञहरूको सुझाव छ । उनीहरूका अनुसार छाला भिजेको अवस्थामा एल्मुलियम क्लोराइड पानीसँग मिसिएर एसिड बन्न सक्छ, जसले जलन हुन सक्छ ।
के प्राकृतिक डियोडोरेन्टहरूले काम गर्छन् ?
पछिल्लो दिनहरूमा नेचुरल डियोडोरेन्टहरूको प्रयोग बढ्दै छ । एल्मुनियम वा आर्टिफिसियल सुगन्धबाट बच्न चाहनेका लागि यस्ता उत्पादन बनाइएको हो । यी डियोडोरेन्टहरूमा सामान्यतया नेचुरल एन्टी–ब्याक्टेरियल तत्वहरू वा बिरुवाबाट बनेका तेलहरू हुन्छन्, जसले दुर्गन्ध कम गर्छन् । यसबाहेक, चामल वा ट्यापियोका स्टार्च जस्ता चीजहरूले पसिना सोस्छन्।
डा.जाफर भन्छिन्, ‘यी हल्का हुन्छन् किनकि यिनले पसिनाका ग्रन्थीहरूलाई बन्द गर्दैनन्, केवल दुर्गन्धमा असर गर्छन् । तर ‘नेचुरल’ को मतलब यो होइन यसबाट कुनै समस्या हुँदैन । यिनले संवेदनशील छालामा र्यास ल्याउन सक्ने कुरामा भने सचेत हुनुपर्ने उनको भनाइ छ ।
यी डियोडोरेन्टको असर हरेक व्यक्तिमा फरक हुन सक्छ । यो छालामा कुन ब्याक्टेरियाहरू छन् र डियोडोरेन्ट कुन सामग्रीबाट बनेको छ भन्नेमा निर्भर गर्छ ।
यदि धेरै पसिना आउँछ भने यी डियोडोरेन्टहरू त्यति प्रभावकारी हुँदैनन् ।
के डियोडोरेन्ट पूरै शरीरमा प्रयोग गर्न सकिन्छ ?
अब मानिसहरू सोच्न थालेका छन् कि डियोडोरेन्ट वा एन्टीपर्सपिरेन्ट्स शरीरका कुन भागहरूमा लगाउन मिल्छ। बेलायत र अमेरिकामा यस्ता नयाँ डियोडोरेन्टहरू विक्री हुँदैछन् जसले दावी गर्छन्- यिनलाई शरीरका हरेक भागमा, अर्थात् गोप्य अंगहरूमा पनि लगाउन सकिन्छ ।
यिनले नुहाएपछि पनि लामो समयसम्म ताजगी कायम रहन्छ, र केहीले त ४८ घण्टासम्म दुर्गन्ध नआउने दावी उत्पादकहरूको छ ।
पूरै शरीरमा डियोडोरेन्ट लगाउनु आवश्यक नभएको चिकित्सकहरूको भनाइ छ । विशेष गरी गुप्तागहरूमा त जन लगाउनु हुँदैन । गुप्तांगहरूमा डियोडोरेन्ट लगाउँदा पोल्ने, एलर्जी हुने र प्राकृतिक सन्तुलन बिग्रन सक्ने चेतावनी दिन्छिन् डा.जाफर । काथ तथा गुप्तागहरूमा ‘हल्का साबुन वा पानीले धुनु नै पर्याप्त हुने उनको भनाइ छ ।
कहिले पसिना आउनु चिन्ताको विषय हुन्छ ?
केही मानिसहरू हाइपरहाइड्रोसिस नामक समस्याबाट जुधिरहेका हुन्छन् । यसमा शरीरलाई चिसो राख्नुभन्दा धेरै पसिना आउँछ । इन्टरनेशनल हाइपरहाइड्रोसिस सोसाइटीका अनुसार, यो अवस्थामा केही स्वेट ग्ल्यान्डहरू आवश्यकताभन्दा बढी सक्रिय हुन्छन् र धेरै पसिना निकाल्छन् ।
धेरै पसिना आउनु कहिलेकाहीँ हर्मोन परिवर्तन, थाइरोइड समस्या, संक्रमण वा मेटाबोलिक असन्तुलन जस्ता रोगको लक्षण पनि हुने सक्ने चिकित्सकहरू बताउँछन् ।
यस्तो उपचारमा लागि कडाएन्टीपर्सपिरेन्टहरू दिइन्छन् जसमा बढी एल्मुनियम साल्टहरू हुन्छन् । यसले पसिना कम हुन्छ । केही अवस्थामा बोटोक्स इन्जेक्सनहरू पनि दिइन्छ र धेरै गम्भीर केसमा सर्जरी गरेर स्वेट ग्ल्यान्डहरू हटाउन सकिन्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4