
जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्की/फाइल तस्वीर
२६ असोज, काठमाडौं । २३ र २४ भदौमा जेनजी प्रदर्शनको क्रममा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन जाँचबुझ आयोगले अनुरोध गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।
आयोगले क्षतिको विवरण पठाउने ढाँचा समेत सार्वजनिक गर्दै घटनालाई पुष्टि गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरू भए सो समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4