+
+
Shares

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १२:१३

२७ असोज, काठमाडौं । थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर छन् । उनीहरूबाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ ।

एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?