+
+
Shares

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर मंगलबार पेश गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै संकलित ५१ प्रतिशत हस्ताक्षर मंगलबार केन्द्रीय समिति बैठक अघि पेश गरिने भएको छ।
  • केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय कार्यसमिति बैठकभन्दा अगाडि हस्ताक्षर दर्ता गरिसक्ने जानकारी दिनुभयो।
  • नेता गुरुराज घिमिरेले नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन बोलाउनुपर्ने र षड्यन्त्र हुन सक्ने बताउनुभयो।

२७ असोज, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेनको माग गर्दै संकलित हस्ताक्षर मंगलबार पेश गरिने भएको छ ।

मंगलबार बस्ने केन्द्रीय समिति समिति बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यले जानकारी गराए।

आचार्यले अनलाइनखबरसँग भने,‘केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि दर्ता गरिसक्छौं । तर, अब आजलाई गर्न चाहिँ हामी स्थगित गर्‍यौं।’ ५१ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर पेश गरिने उनले जानकारी गराए ।

विशेष महाधिवशेनका लागि हस्ताक्षरको अगुवाई गरिरहेका अर्का नेता गुरुराज घिमिरेले पहिलो प्राथमिकता मंसिरभित्र नियमित महाधिवशेनकै पक्षम आफूहरु रहेको बताए।

नियमित महाधिवेशन हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने उनले बताए ।

‘नियमित गर्नुभएन भने स्वतः विशेष महाधिवेशन त्यो बोलाउन परिहाल्यो नि । तर, उहाँहरुले कुनै बेला पनि षड्यन्त्र र जालझेल गर्न सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?