
२७ असोज, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट २५ प्रतिशत कटौती गर्ने भएको छ ।
जेनजी आन्दोलनपछिकाे पुनर्निर्माण र प्राकृतिक विपद् पछिकाे पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ प्रतिशत बजेट कटाैती गरेकाे हाे ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको जानकारी दिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्न ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका ईन्द्र सापकोटालाई खटाएको छ ।
प्रतिक्रिया 4