+
+
Shares
जनयुग पार्टीका संयोजक नवराज सुवेदीसँग वार्ता :

‘हामी नन-कांग्रेस, नन-कम्युनिस्ट, नन-पपुलिस्ट’

अब नन-कंग्रेस, नन-कम्युनिस्ट, नन-पपुलिस्ट भन्ने भएपछि एउटा वैकल्पिक शक्ति भयौं हामी ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १०:४२

२८ असोज, काठमाडौं । पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । सुवेदी जनमोर्चाबाट निर्वाचित पूर्व सांसद हुन् । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा आए । माओवादी विभाजित हुँदा उनी बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागे । उपेन्द्र–बाबुराम नेतृत्वको जसपामा पनि थिए उनी । त्यतिबेला जसपा सरकारमा रहँदा उनी साउदी अरबका लागि नेपाली राजदूत समेत नियुक्त भएका थिए । अहिले उनले नयाँ पार्टी गठन गरेका हुन् ।

जनयुग पार्टीबारे र आगामी कार्यदिशाबारे अनलाइनखबरले सुवेदीसँग गरेको कुराकानी-

जन युग पार्टी बनाउनुभएछ । यो कस्तो पार्टी हो ? विचारधारात्मक हिसाबले यो कहाँ उभिन्छ ?

आजको २१ औं शताब्दीको यो समयसम्म आउँदा विश्वमा धेरै किसिमका राजनीतिक दार्शनिक परीक्षणहरु भए । खासगरेर २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको शुरुमा विज्ञान प्रविधिको पनि नयाँ ढंगले विकास भयो । सूचना प्रविधिको पनि तीव्र रूपमा विकास भयो । विश्व चौथो औद्योगीकरणको युगमा प्रवेश गर्‍यो तर, हाम्रा शीतयुद्धकालीन परिवेशमा गठन भएका कांग्रेस, कम्युनिस्टहरुले त्यस किसिमको परिवर्तनलाई आत्मसात गरेर आफ्ना कार्यक्रम, कार्यनीतिहरु बनाउन भन्दा पनि पुरानै ढंगले यथास्थितिमा बसेको महसुस भयो ।

त्यसैले हामीले अहिलेको युगसापेक्ष र विज्ञान प्रविधिको विकासको आलोकमा नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता देख्यौं । आजको विश्वको र स्वयं नेपालको पनि यो पछिल्लो परिवेशलाई हेर्दा वास्तवमा इज्म अथवा वाद भन्दा पनि गभर्नेन्सले म्याटर गर्दै आयो ।

यो भनेको ?

यस्तो अवस्था विज्ञान प्रविधिको विकासले नै बनायो । त्यसैले हिजोको राज्यकेन्द्रित समाजवाद र पुरानो पुँजीवादको औचित्य समाप्त भयो । त्यसो भएर नयाँ सिराबाट जानुपर्ने आवश्यकता भएर हामीले यो पहलकदमी लिएका हौं ।

तपाईंहरूले पछ्याउने विचारधारालाई ठ्याक्कै केही नाम दिनुभएको छ ?

अबको हाम्रो कार्यदिशा भनेको नेपाली जनताको गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा नै हाम्रो अहम् विषयवस्तु हुनुपर्छ । नेपालले मौलिक समाजवादको बाटो तयार गर्नुपर्छ । त्यो मौलिक समाजवादको बाटो भनेको बढीभन्दा बढी अधिकार समुदायलाई हुनुपर्छ । हामीले वैचारिकी छनौट गर्दा प्राकृतिक जनराज्य पनि भनेका छौं अर्थतन्त्र । त्यो भनेको अर्को हिसाबले सामुदायिक समाजवाद हो । सामाजिक क्षेत्रमा वैज्ञानिक मानवतावाद नै हो ।

जेनजी आन्दोलनपछि पार्टी गठन गर्नुभयो ? कस्ता साथीहरू समेट्नुभएको छ ?

हामीले खास गरेर नयाँ पुस्ताका, आइटी, चिकित्सा, समाजशास्त्र, कृषि क्षेत्रका विज्ञ साथीहरू पनि हुनुहुन्छ ।

राजनीतिकर्मी साथीहरू पनि हुनुहुन्छ । अहिले हामीले पदाधिकारीहरू घोषणा नगरेर मैले संयोजकत्व गर्ने र यस्तै विचार र दृष्टिकोण भएका अरू विभिन्न व्यक्ति–व्यक्तित्व र समूहहरूसँग पनि सहकार्य गर्दै जाने र वृहत् ढंगले वैकल्पिक शक्तिहरूलाई एक ढिक्का बनाउने योजना  बनाएका छौँ  ।

यसलाई वैकल्पिक राजनीतिक दल नै भन्नुभएको छ ? आफूलाई वैकल्पिक कित्तामा उभ्याउन खोज्नुभएको हो ?

ठ्याक्कै हामीले भन्न त भनेनौं तर अब नन-कंग्रेस, नन-कम्युनिस्ट, नन-पपुलिस्ट भन्ने भएपछि एउटा वैकल्पिक शक्ति नै भयौं हामी ।

आउँदो चुनावमा भाग लिने गरी तयारी गर्नुहुन्छ ?

हाम्रो बृहत् छलफल आरम्भ भयो । सबै स्टेकहोल्डरहरूसँग हाम्रो छलफल हुन्छ र निर्वाचन आयोगमा जाने लगायतका सबै विषयहरू लगायत सबै विषयहरूमा हामी एकदम खुला ढंगले छलफल गरेर अगाडि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?