News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीलाई देशभरीका करिब एक हजार चिकित्सकले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्नुपर्ने माग राख्दै हस्ताक्षर बुझाएका छन्।
- चिकित्सकहरूले स्वास्थ्य क्षेत्रका अनियमितता नियन्त्रण, पारदर्शी औषधि खरिद प्रक्रिया र छात्रवृत्ति सिट व्यवस्था गर्न माग गरेका छन्।
- ज्ञापनपत्रमा जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न समेत माग गरिएको छ।
२८ असोज, काठमाडौं । जेनजी आन्दोलनको मर्म अनुसार काम गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देशभरीका करिब एक हजार चिकित्सकले हस्ताक्षर बुझाएका छन्।
स्वास्थ्य क्षेत्रका अनियमितता तथा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने र औषधि, स्वास्थ्य उपकरण खरिद प्रक्रियालार्ई पारदर्शी, प्रतिस्पर्धात्मक र उत्तरदायी बनाउनु पर्ने लगायतका माग राखेर उनीहरूले हस्ताक्षर बुझाएका हुन् । अस्थायी र स्थायी लाइसेन्स प्रणालीका श्रेणीहरू खारेज गर्नुपर्ने, निजी मेडिकल कलेजहरूले स्नातकोत्तर र डीएम एमसीएच कार्यक्रममा पनि छात्रवृत्ति सिटको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख छन् ।
स्वास्थ्य संस्था सुधार अभियानको तर्फबाट डा.अजयसिंह थापा, डा.शेषराज घिमिरे, डा.घनश्याम पाण्डे, डा.अमृत भुसाल र डा. कुन्जाङ शेर्पाले ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री कार्कीलाई बुझाएको पत्रमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा र घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न माग गरिएको छ । शहीद परिवारलाई सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्न समेत उनीहरूले माग गरेका छन्।
आन्दोलनमा क्रममा भीड नियन्त्रणका लागि संवैधानिक र अन्तर्राष्ट्रिय मान्यतालाई बेवास्ता गर्दै घाँटी, टाउको, आँखामा गोली चलाउँदा धेरै जनाले अकालमै ज्यान गुमाउनुपरेको चिकित्सकहरूको ठहर छ।
प्रतिक्रिया 4