
News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्स प्रालिअन्तर्गत प्रोटोन इमासले बुटवलमा नयाँ थ्रीएस शोरुम उद्घाटन गरेको छ।
- उद्घाटन कार्यक्रममा १५ वटा प्रोटोन इमास सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरिएको छ।
- शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ र बुटवल उद्योग वाणिज्य संघका अध्यक्षले उद्घाटन गरेका थिए।
२८ असोज, बुटवल । जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटोन इमासले बुटवलमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । यो उद्घाटनसँगै तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको कम्पनीको दाबी छ ।
उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन् ।
उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्ति र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलमा प्रोटोन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउने कम्पनीको भनाइ छ । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ।
शोरुमको उद्घाटन मुख्य अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटोन इमस ७ प्रति आफ्नो रुची व्यक्त गरेका थिए ।
अघिल्लो साँझ आयोजित प्रि-उद्घाटन वितरण समारोहमा ग्राहकको अत्यधिक उत्साह देखिएको थियो । सो अवसरमा कैयौं इमास ७ का ग्राहकले आफ्ना अनुभव साझा गरेका थिए, जसले त्यहीँ अवसरमा नयाँ बुकिङलाई उत्प्रेरित गरेको थियो ।
‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटोन इमासको नेपालमा हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिस विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ’ जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने ‘बुटवलबासीले सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ।’
प्रोटोन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिसन अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4