
२८ असोज, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो ।
ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।
पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4