+
+
Shares

नेपालगञ्जमा दर्शक फकाउँदै हरिवंश

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'हरिबहादुरको जुत्ता'ले देशब्यापी उत्साहजनक प्रदर्शन गर्दै तेस्रो सातामा मोफसलका हलमा समेत प्रदर्शन भइरहेको छ।
  • अभिनेता हरिवंश आचार्य फिल्म प्रवर्धनका लागि नेपालगञ्ज पुगेका छन् र पश्चिम नेपालको मुख्य फिल्म बजारमा प्रचार गरिरहेका छन्।
  • नेपालगञ्जको सिने-रोयल हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ र हरिवंशसँग फोटो खिचाउन दर्शकको घुइँचो लागेको छ।

काठमाडौं । ‘हरिबहादुरको जुत्ता’ले देशब्यापी उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । राजधानी मात्र होइन, मोफसलका हलमा समेत तेस्रो सातामा फिल्म प्रदर्शनरत छ ।

यस्तोमा, दर्शकलाई भेट्दै फिल्म प्रवर्धन गर्नको लागि अभिनेता हरिवंश आचार्य नेपालगञ्जमा पुगेका छन् । फिल्मको टोलीसहित पश्चिम नेपालको मुख्य फिल्म बजारमा पुगेर उनले फिल्मको प्रचार गरिरहेका छन् ।

रिलिज लगत्तै काठमाडौं उपत्यकाका हलमा पुगेर दर्शक भेटिरहेका उनले यतिबेला मोफसल प्रचारमा तीव्रता दिएका हुन् ।

नेपालगन्जको सिने-रोयल हलमा बिहानबाटै दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हरिवंश हलमा पुगेपछि उनीसँग फोटो खिचाउन दर्शकको घुइँचो देखिन्छ ।

मंगलबार उनले दिउँसोभर दर्शक भेटे । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?