+
+
Shares

लिपमोटर बी १० मार्फत काठमाडौं–पोखरा–काठमाडौं पूर्ण यात्रा एकै चार्जमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कारहरूले लिपमोटर बी १० को ४५० किलोमिटर दूरीको रेञ्ज टेस्ट स्वतन्त्र रूपमा सञ्चालन गरेको थियो।
  • लिपमोटर बी १० ले काठमाडौंदेखि पोखरा लेकसाइडसम्मको यात्रा एकै चार्जमा पूरा गरेको छ।
  • कम्पनीले लिपमोटर १० को ऊर्जा दक्षता र विश्वसनीय प्रदर्शन प्रमाणित भएको जनाएको छ।

२९ असोज, काठमाडौं । अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरूले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो ।

यस परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी, पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने ४५० किलोमिटर दूरी तय भएको थियो । यो सम्पूर्ण यात्रालाई लिपमोटर बी १० ले एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो।

यो सफल परीक्षणपछि लिपमोटर १० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थामा पनि विश्वसनीय प्रदर्शनको क्षमतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

‘यस उपलब्धीले लिपमोटरको लामो दूरीको यात्रामा व्यवहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउँछ’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?