+
+
Shares

संविधानको किताब हेरेर अहिले निकास निस्कँदैन, चुनावमै जोड गरौं : माओवादी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १३:२०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ।
  • माओवादी केन्द्रका नेता हितराज पाण्डेले संविधानको किताब हेर्दा सरकार गठन र विघटन असंवैधानिक देखिन सक्छ तर निकास चुनाव नै भएको बताए।
  • एमालेले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन र असंवैधानिक भन्दै संसद् पुनर्स्थापनाको माग राखेको छ।

२९ असोज, काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसद् पुनर्स्थापनाको माग गर्नेहरूलाई अहिलेको परिस्थिति ख्याल गर्न आग्रह गरेको छ ।

बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रको तर्फबाट नेता हितराज पाण्डेले  यस्तो बताएका हुन् ।

उनले संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कने बताए ।

नेता हितराज पाण्डेले जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना भएको बताए । अगाडि भने, ‘हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं ।’

निकासका लागि परिस्थिति हेर्नुपर्ने उनको आग्रह छ ।

‘संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ । तर, अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले चुनावको वातावरण बनाउनुपर्छ ।’

तर, त्यही बैठकमा एमालेले भने संसद् पुनर्स्थापनाको माग राखेको छ । यसमा दलहरूले दबाब सिर्जना गर्नुपर्ने बताएको छ ।

एमालेले त प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेरै टिप्पणी गरेको छ ।

नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए ।

एमालेले दलहरूको साथ खोजिरहेका बेला माओवादीले संविधानको किताब हेरेर अहिले निकास ननिस्कने भन्दै चुनावमै जोड गर्न सुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?