+
+
Shares

धनगढीका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, श्रमको सम्मान गर्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १४:४७

३० असोज, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । निजी अस्पतालहरूले श्रम शोषण र दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् ।

विभिन्न निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएर नाराबाजी गरेका छन् ।

स्टाफ नर्स आस्मा नेगीले निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह दिनुपर्ने सरकारको निर्देशन कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण रुपमा धर्ना गरिएको बताइन् ।

नेगीसहितका स्वास्थ्यकर्मीले करार नियुक्ति सम्झौता गरेर मात्रै काममा राख्नुपर्ने, सक्कल शैक्षिक प्रमाण पत्र कार्यालयले राख्न नपाइने, तोकिएको समयभन्दा बढि काम गर्दा अतिरिक्त भत्ता दिनुपर्ने र बैकिङ प्रणालीबाट मात्र पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

आन्दोलनमा धनगढी र अत्तरियामा रहेको निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?