News Summary
Generated by OK AI. Editorially reviewed.- तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने र असार शुक्ल एकादशीमा रोपेर कार्तिक शुक्ल एकादशीमा विवाह गराउने प्रचलन छ।
- तुलसीमा पाइने कोमारिनले क्यान्सर, रिउमाटिक आर्थाटियस र दमजस्ता रोगमा एन्टि इन्फ्लामेटोरी र क्यान्सर प्रतिरोधी काम गर्छ।
- तुलसी वनस्पति हावामा रहेका विषाक्त ग्यास अवशोषित गरी अक्सिजन उत्सर्जन गर्ने र आयुर्वेदमा 'वनस्पतिहरूको रानी' मानिन्छ।
तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन तुलसी रोप्ने र कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने प्रचलन छ ।
क्रिष्टियनहरूले तुलसीलाई लामो समयदेखि पवित्र क्रसको उच्चताको पर्वसँग जोड्ने गरेका छन् ।
तुलसीले शरीरसहित मन र आत्मालाई शुद्ध पार्ने विश्वास गरिन्छ । विष्णु भगवानलाई पात अर्पण गर्नाले जीवनभर कर्म शुद्ध हुन्छ भनिन्छ । सुन वा अन्य बहुमुल्य रत्नहरू भन्दा प्रिय मानिन्छ । नकारात्मक ऊर्जा र खराब प्रभावहरूबाट जोगाउने विश्वास पनि छ । जहाँ तुलसी उम्रिन्छ त्यहाँको भूमि पवित्र हुन्छ भन्ने कुरा स्कन्द, पद्म र गरुड पुराणहरूमा उल्लेख गरिएको छ ।
तुलसी एक देखि दुई फिट सम्म अग्ला हुन्छन् । पातहरू हरियो वा वैजनी रंङ हुन्छन् । डाँठहरूमा हल्का रौं हुन्छन् । तुलसी दुई प्रकारका छन् । एउटा राम र अर्को कृष्ण । राम हरियो हुन्छ भने कृष्ण बैजनी रङको हुन्छ ।
आयुर्वेद विज्ञानमा यसलाई वनस्पतिहरूको रानीको रूपमा लिएको छ । यसले हावामा रहेका विशाक्त ग्यासहरू अवशोषित गर्छ । अक्सिजन ग्यास उत्सर्जन गर्छ । अंग्रेजीमा यसलाइ ‘होली वेसिल’ भनिन्छ जसको अर्थ हो- अरूसँग दाँज्न नमिल्ने । यसलाई एन्टिमाइक्रोवियल एजेन्ट, एन्टिपाइरेटिक र इम्युनोस्टिमुलेटरको रूपमा प्रयोग हुन्छ ।
एन्थोसाइनिन, फ्लेभोन, सी ग्लाइकोसिल्फेभोन, फ्लेभोनोल, आइसाफ्लेभोन, फ्लेभोनोइड्स, कुमारिन र फेनोलिक एसिडहरू पनि तुलसीमा पाइन्छ । ट्यानिन, युजेनोल, क्यारीयोफीलिन, कारभाक्रोल, लिनालोल, क्यामफोर, सिनामाइल एसिटेट र तुलसीनोल ए जे जस्ता महत्वपूर्ण तत्वहरू पनि पाइन्छन् ।
सुगन्धित तेलहरूमा कपुर, युक्यालिप्टोल, विसावोलिन, युजेनोल, जर्माक्रेन र विटा विसावोलिनहरू हुन्छन् ।
यी तत्वहरू भएका कारण यो वनस्पति एन्टिक्यान्सर, एन्टिअक्सिडेन्ट, एन्टि इन्फलामेटरी तथा तनाव र सुगर रोगमा प्रयोग भएको पाइन्छ ।
तुलसीमा क्यान्सर प्रतिरोधीको रूपमा कोमारिन रहेको छ । यो प्रोस्टेट क्यान्सर, मिर्गौलाको क्यान्सर र रक्त क्यान्सरको उपचारका लागि प्रयोग हुन्छ । यसमा रेडियोथेरापी गर्दा हुने साइड इफेक्टको प्रतिरोध गर्ने क्षमता पनि हुन्छ ।
कोमारिनले एन्टि इन्फ्लामेटोरीको काम पनि गर्दछ । यसले रिउमाटिक आर्थाटियस, दम र आन्द्राको रोगमा पनि प्रयोग गरेको पाइन्छ । एन्टिअक्सिडेन्ट र एन्टिव्याक्टेरियलको रूपमा पनि प्रयोग गरेको पाइन्छ ।
एन्थोसाइनिन एउटा महत्वपुर्ण तत्व हो, जुन वनस्पतिहरूमा पाइन्छ । यसले वनस्पतिमा हुने विभिन्न प्रकारको रङ प्रदान गर्छ । यिनीहरू फेनोलिक समूहमा पर्दछन् । यो पानीमा घुल्न सक्ने घुलनशील कणहरूको समिश्रण हो ।
रातो, वैजनी र निलो रङका लागि महत्वपूर्ण हुन्छ एन्थोसाइनिन । तुलसीमा भएको वैजनी रङ यसैको कारणले भएको हो । सी ग्लाइकोसिलफ्लाभोन एन्थोसाइनिनमा भएको निलो रङ प्राकृतिक हो ।
फ्लाभोनोइडहरूले मानव शरीरमा अक्सिडेशन रोक्ने काम गर्दछ । जिन म्युटेशनलाइ रोक्ने काम गर्छ । त्यस्तै क्यान्सर विकासको क्रमलाइ अवरुद्व गर्छ । कोषहरूमा हुने रासायनिक प्रतिकृयालाई उत्तेजित गर्ने प्रोटिनलाई नियमन गर्न मद्दत गर्छ । यसले रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ ।
यसले अक्सिडेशन कम गराएर एल डि एल कोलेस्टेरोल घटाउन मद्दत गर्छ र लिपिड प्रोफाइल सुधार गर्ने काम गर्छ । यसले हृदयरोगको जोखिम कम गर्छ । रक्तनली खुलाउने काम गरी रक्तनलीको भित्री भागको कोषिकाको मृत्यु प्रकृयालाई नियमन पनि गर्छ । पार्किन्सन तथा एल्जाइमर रोगलाई घटाउने काम पनि गर्छ । नसाको दुखाइलाई पनि महत्वपूर्ण छ ।
फ्लाभोनोईडहरूले विटा सेलको प्रशारलाई सुधार गर्छ, जुन प्यान्क्रियाजमा हुन्छ । यसले इन्सिुलिन बनाउन मद्दत गर्छ । साथै कोषको मृत्युलाई कम गर्ने काम गर्छ । कलेजोमा ग्लुकोज मेटावोलिज्मलाई नियमन गरेर हाइपरग्लाइसेमिया हुनबाट जोगाउने काम गर्छ ।
क्यान्सर प्रतिरोधी काम पनि गर्छ । डि एन ए र ठूला मोलिकुलहरूलाई जोगाउन फ्रि र्याडिकलहरू कम गराउने काम पनि गर्छ । फ्लाभोनोइडहरू एन्टि भाइरल पनि हो । एन्टि इन्फ्लामेटोरी र फ्रि राडिकलसँग लड्न सक्ने गुण भएको कारण फ्लाभोनोइडहरूले मस्तिष्क कोषिकाहरूलाई पनि सुरक्षा प्रदान गर्छ ।
थाई खानामा तुलसीका पातहरू प्रशस्त रूपमा प्रयोग भएको पाइन्छ । थाई भाषामा तुलसीको पातलाई ‘काफ्राओ’ भनिन्छ । समुद्री खाना, भात आदिमा यसको प्रयोग गरिन्छ । रातो र सेतो दुई प्रकारको तुलसी यहाँ पाइन्छ ।
मिनाङ्काबाउ र इन्डोनेसियाली भाषामा तुलसीलाई ‘रुकुरुकु’ भनिन्छ । उनीहरूको खाना, माछा, मासु तथा अन्य परिकारहरूमा स्वादका लागि तुलसीको प्रयोग भएको पाइन्छ ।
अन्न भण्डारणको समयमा लाग्ने कीरा फट्याँग्रा भगाउनका लागि पनि यसको प्रयोग भएको पाइन्छ । निमाटोसाइडलको रूपमा पनि प्रयोग हुन्छ । यसरी वैदिक कालदेखि विभिन्न प्रयोजनका लागि प्रयोग हुदै आएको तुलसी बहुगुणी वनस्पति हो ।
पारम्परिक ज्ञान कतिको महत्व छ भन्ने कुरा विभिन्न समयमा र धेरै विश्वविद्यालयमा भएका अनुसन्धानहरूले पुष्टी गर्छ । तुलसी सहित धेरै वनस्पतिहरूमा अनुसन्धानहरू भइरहेका छन् । परम्परागत ज्ञानकै कसीमा यी अध्ययनहरू सफल भएका छन् ।
चिनियाँ वैज्ञानिक युयुले ले मलेरियाको औषधिका लागि तितेपाती छानेका थिए । तितेपाती चीनमा पनि परम्परागत रूपमा प्रयोग गर्दै आएका थिए । उनले यसबाट आर्टिमेसिन भन्ने तत्व पत्ता लगाए, जसले विश्वमा मलेरिया विरुद्धको औषधिका लागि नयाँ फड्को नै मारेको थियो । यसबाट यु युले नोबेल पुरस्कार समेत प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4