+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रपतिसँगको वार्तामा को-को पुगे जेनजी प्रतिनिधि ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:००

३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच वार्ता सुरु भएको छ ।

गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।

आज साढे ५ बजेपछि वार्ता चलिरहेको हो ।

वार्तामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी छिन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।

त्यस्तै, बैठकमा मन्त्रीहरू पनि सहभागी छन् ।

जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धीरज जोशी सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?