+
+
Shares

संसद् पुनर्स्थापनाको विषय अदालत लानसक्ने अवस्था छैन, ओलीले राजीनामा दिनुस् : मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १९:११

३० असोज, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र मानन्धरले पार्टीले संसद् पुनर्स्थापनाको विषय लिएर अदालत जान नहुने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्दा देशमा द्वन्द्वको सम्भावना बढाउने खतरा भएको समेत बताए ।

‘संसद् पुनर्स्थापनाको विषयमा पनि सजकता अपनाएर अघि बढ्नुपर्छ तर पार्टी नै संसद् पुनर्स्थापनाको माग लिएर अदालत जान हुँदैन,’ उनले भने, ‘संसद् पुनर्स्थापनाको आन्दोलन लिएर जनतामा सक्ने कुनै अवस्था छैन । यसले उल्टो देशमा द्वन्दको सम्भावना बढाउने खतरा छ ।’

मानन्धरले देशमा केही पनि नभएको भन्ने चिन्तन नै ठिक नभएको उनको भनाइ छ  ।

जेनजी आन्दोलनको क्रममा दुई तिहाइको सरकार चलारहेका प्रधानमन्त्रीले के भइरहेको छ भन्ने थाहा नपाउनु प्रधानमन्त्री पदर्क असफलता भएको उनले जिकिर गरे ।

‘दुई तिहाइ नजिकको सरकार चलाइरहेको प्रधानमन्त्रीले देशमा के भइरहेको छ भन्ने कुनै जानकारी र अनुमान समेत गर्न नसक्नु र शासन व्यवस्था तहसनहसको यो भयानक अबस्था आउनुमा मुलत: प्रधानमन्त्रीकै असक्षमता र असफलता हो । अरुलाई दोष दिएर उम्कन खोज्न कदापी मिल्दैन,’ मानन्धरले भनेका छन् ।

उनले इतिहासको खास समयमा संख्याको महत्व र भूमिका नहुने पनि बताए ।

‘भदौ २२ गतेसम्म संसद्मा दुई दलको झण्डै दुई तिहाइको सरकार थियो । तैपनि हेलिकप्टर चढ्नुपर्ने परिस्थिति आयो,’ उनले भने, ‘अब केन्द्रीय कमिटीमा संख्याको कुरा गर्दैछौं अनि भोलि अन्तको कुरा गरौंला । मूल कुरा त जनतासंग एकाकार हुने राजनीतिसंग पार्टीलाई जोड्न सक्नु पर्छ ।’

उनले अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न आग्रह पनि गरे ।

‘अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोध्दा कमरेडहरुलाई विश्वास गरी अध्यक्ष पदबाट राजिनामा दिएर उहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामूहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ । यसमा ढिला नगरौ,’ उनले बैठकमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?