News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत सामोआसँग खेल्दैछ।
- नेपालले सामोआलाई हराएमा पहिलोपटक आईसीसीको प्रतियोगितामा उपाधि जित्नेछ।
- नेपालले समूह चरणमा कुवेत र जापान, सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराइसकेको छ।
३१ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ ।
यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ ।
नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ । सामोआ भने सुपर सिक्समा जितविहीन रहेको छ ।
छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । त्यस्तै सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो भने त्यसपछि कतारसँग ५ रनको जित निकालेको थियो ।
ओमानमाथि भने नेपालले ३८ रनको जित निकालेको थियो ।
प्रतिक्रिया 4