
३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई जवाफ फर्काएका छन् ।
बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य दिने क्रममा ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए ।
उनले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंगित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’
साथै, उनले बरु भण्डारीले आएर सघाउनुपर्ने समेत बताए ।
‘कसैले यहाँ ठूला कुरा नगरौं । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ । बरु उहाँले आएर सघाउनुपर्ने हो,’ ओलीले हलमा भने ।
प्रतिक्रिया 4