+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
२९ बलमा ६४ रन आवश्यक
चितवन राइनोज 2025
106/5 (15.1)
Shares

ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रण, हवाई सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ६:१७
बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो

२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिएपछि हवाई सेवा पुन: सुरु भएको छ । सरकारले आगलागीको घटनाको छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो २:१५ बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो । आगलागीमा मानवीय क्षति भएको छैन । हवाईजहाजहरु पनि सुरक्षित छन् ।

दमकलको सहयोगमा शनिबार राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो । त्यतिबेलैदेखि हवाई सेवा सुरु भएको हो ।

आगलागीको कारण पत्ता लगाउन छानबिन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?