+
+
Shares

जेनजी आन्दोलनमा बानेश्वरको बैंक लुटेर बुलेट बाइक खरिद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते ११:१७
आगजनी र लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंक ।

३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ ।

बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको हो । जुन कुरा श्रेष्ठले प्रहरी समक्षको बयानमा स्वीकारसमेत गरेका छन् ।

बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको दाबी गरेका छन् । उक्त रकममा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेको उनले स्वीकारेका छन् ।

श्रेष्ठले बैंकबाट उक्त रकमका साथै ३ थान सुनका बाला, १ थान बेरुवा औठी, गणेशको लकेट भएके १ थान सिक्रि लगेको बताएका छन् ।

श्रेष्ठका साथै अर्का एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर गरेको छ ।

बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । श्रेष्ठबाट केही सुन बरामद भए पनि अरु सुन र रकमबारे केही खुल्न सकेको छैन ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?