+
+
Shares

जुवातास खेल्दै गरेका २० जना ६ लाखसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ११:५२

४ कात्तिक, काठमाडौं । करिब ६ लाख रुपैयाँसहित तासजुवा खेल्दै गरेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले विभिन्न ठाउँहरुबाट उक्त रकमसहित २० जनालाई पक्राउ गरेको हो ।  २ कात्तिकमा पोखराको नयाँबजारबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद भएको छ ।

३ कात्तिकमा पोखराकै विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलेको आरोपमा ७ जना पक्राउ परे । उनीहरुबाट १४ थान कौडाका साथै ७७ हजार २०५ रुपैयाँ बराबद भएको छ ।

त्यसैगरी सोही राति साढे ११ बजेतिर पोखराकै मोहरिया टोलबाट २ लाख ७३ हजार ४४५ रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा प्रवक्ता हरि बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?