+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १०:१८

५ कात्तिक, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।

’निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ’ उनले भने, ‘हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिल्छ, तर अझै पनि आवश्यक वातावरण बनेको छैन ।’

प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।

निर्वाचनमा केन्द्रित हुनुपर्छ भनेर निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्दै उनले जेनजी आन्दोलनपश्चात् काठमाडौं उपत्यका बाहिर मधेश प्रदेशमा आएर सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी भएको पनि बताए । आज महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले पार्टी प्रवेश तथा जनसभा कार्यक्रम आयोजना गरेको छ ।

वामपन्थी एकता र ध्रुवीकरणबारे कुरा गर्दै प्रचण्डले समाजवादी मोर्चा अन्तर्गतका दलबीच एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

‘निर्वाचन त हुनैपर्छ, र वामपन्थी एकता र ध्रुवीकरण पनि समाजवादी मोर्चामा रहेका दलबीच क्रमश: अगाडि बढ्दै जानेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?