+
+
Shares

महोत्तरीको गौशाला बजारमा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते १५:३३

८ कात्तिक, मटिहानी (महोत्तरी) । महोत्तरीको गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ ।

स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । केही समय बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?