+

पुरुषहरूमा बाँझोपन : कुन उमेरपछि सावधान हुनुपर्छ ?

२०८२ चैत  ११ गते १२:१० २०८२ चैत ११ गते १२:१०

४० वर्षपछि शुक्रकीटको घनत्व र गतशिलिता उल्लेखनीय रूपमा घट्छ भने ४५ वर्षपछि प्राकृतिक गर्भधारणमा समय लाग्ने हुन्छ ।

Shares
पुरुषहरूमा बाँझोपन : कुन उमेरपछि सावधान हुनुपर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुरुषहरूमा बाँझोपनका केसहरू बढिरहेका छन्, जसको मुख्य कारण मदिरा सेवन, धूम्रपान, खराब मानसिक स्वास्थ्य र हानिकारक रसायनहरूको सम्पर्क हो।

महिलाहरूको जस्तै पुरुषहरूमा पनि बाँझोपनको समस्या देखा पार्छ, तर पुरुषहरूले यो बारेमा तबसम्म सोच्दैनन् जबसम्म उनीहरू आफैं यो समस्याबाट गुज्रिरहेका हुँदैनन् ।

अहिले पुरुषहरूमा बाँझोपनका केसहरू बढिरहेका छन् । धेरै मदिरा सेवन, धूम्रपान, खराब मानसिक स्वास्थ्य र कामको क्रममा हानिकारक रसायनहरूको सम्पर्क आदिका कारणले यस्तो समस्या बढिरहेका छन्।

वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार ४० वर्षपछि पुरुषहरूमा प्रजनन क्षमता घट्न थाल्छ र ४५ वर्षपछि गर्भधारणमा ३० प्रतिशतले कठिनाइ बढ्ने देखिएको छ ।

लामो समयसम्म यो मान्यता थियो कि पुरुषहरूको प्रजनन क्षमतामा उमेरको खास प्रभाव पर्दैन । उनीहरू जीवनको पाको उमेरमा पनि जैविक समस्या बिना बाबु बन्न सक्छन् भन्ने धारणा थियो । तर अब वैज्ञानिक अनुसन्धानहरूले स्पष्ट पारिरहेका छन्– पुरुषको बढ्दो उमेरले उनीहरूको प्रजनन क्षमता, गर्भधारण प्रक्रिया र बच्चाको दीर्घकालीन स्वास्थ्यलाई पनि प्रभावित गर्न सक्छ ।

पुरुष बाँझोपनमा उमेरको प्रभाव

महिलाहरूमा ३५–४० वर्षपछि प्रजनन क्षमता घट्न थाल्छ किनकि उनीहरूको शरीरमा अण्डाको संख्या सीमित हुन्छ र त्यस उमेरसम्म ठूलो संख्यामा अण्डा खर्च भइसकेका हुन्छन् । तर पुरुषहरूमा जीवनभरि शुक्रकीट बन्ने गर्छ र शुक्रकीटको संख्या सीमित हुँदैन ।

यसको मतलब यो होइन कि उनीहरूमा सधैं प्रजनन क्षमता राम्रो भइरहन्छ । किनकि शुक्रकीट बन्ने भए पनि उमेर बढ्दै जाँदा शुक्रकीटको गुणस्तर घट्दै जान्छ । विशेष गरी ४० वर्षपछि शुक्रकीटको संख्या, गति ‘मोटिलिटी’, आकार आदि कमजोर हुन थाल्छ । विभिन्न अध्ययनहरूका अनुसार ४० वर्षपछि शुक्रकीटको घनत्व र गतशिलिता उल्लेखनीय रूपमा घट्छ भने ४५ वर्षपछि प्राकृतिक गर्भधारणमा समय लाग्ने र समस्या बढ्ने सम्भावना २ गुणा बढी हुन्छ । यसले प्राकृतिक रूपमा गर्भ बस्न समय लाग्न सक्छ र समस्या बढ्न सक्छ ।

शुक्रकीटको डीएनएमा प्रभाव

पुरुषको उमेर बढ्दै जाँदा शुक्रकीट कमजोर हुनुका साथै शुक्रकीटको डीएनएमा पनि प्रभाव पर्छ । उमेर बढ्दै जाँदा शुक्रकीटमा डीएनए क्षति र जेनेटिक परिवर्तनको सम्भावना बढ्छ । यो बारम्बार कोशिका विभाजन, बढ्दो अक्सिडेटिभ तनाव र शरीरको मर्मत क्षमता घट्नुका कारण हुन्छ ।

अध्ययन अनुसार ४० वर्षपछि शुक्रकीटको डीएनए फ्रागमेन्टेसन (क्षति) उल्लेखनीय रूपमा बढ्छ । ५० वर्षपछि यो ४.५८ गुणा बढी हुने देखिएको छ । यस्ता शुक्रकीटबाट निषेचनको सम्भावना कम हुन सक्छ, भ्रुणको विकास प्रभावित हुन सक्छ र गर्भपतनको जोखिम पनि बढ्न सक्छ । आईभीएफ जस्ता प्रविधि प्रयोग गरे पनि समस्या हुन्छ ।

बच्चामा के प्रभाव पर्छ ?

धेरैजसोले यो बारेमा सोच्दैनन्, तर बढी उमेरमा बाबु बन्दा बच्चामा विभिन्न रोगहरूको जोखिम बढ्न सक्छ भन्ने कुरा अनुसन्धानमा पाइएको छ । यस्तो अवस्थामा बच्चामा अटिज्म र स्किजोफ्रेनिया जस्ता न्यूरोडेभलपमेन्टल विकारहरूको जोखिम अलिकति बढ्न सक्छ भनेर पनि अध्ययनहरूले पत्ता लगाएका छन् ।

उदाहरणका लागि, ४० वर्षभन्दा माथिका बाबुका बच्चामा अटिज्मको जोखिम १.५५ गुणा र ५० वर्षपछि २ गुणाभन्दा बढी हुन सक्छ भने स्किजोफ्रेनियाको जोखिम २ देखि ३ गुणा बढ्ने देखिएको छ । यसबाहेक केही जन्मजात रोगहरू, बाल्यकालमा क्यान्सर र प्रिम्याच्योर जन्म १४ प्रतिशत भनिएको छ । यद्यपि यस्ता घटनाहरूको संख्या कम नै हुन्छ । धेरैजसो बच्चाहरू पूर्ण रूपमा स्वस्थ नै हुन्छन् ।

जीवनशैली र स्वास्थ्यको ठूलो भूमिका

उमेरसँगै पुरुषको प्रजनन क्षमतामा प्रभाव पार्न उमेर मात्र होइन, उनको स्वास्थ्य र जीवनशैली पनि धेरै महत्त्वपूर्ण हुन्छ । यदि कुनै पुरुषलाई मधुमेह, मुटुको समस्या, हर्मोन समस्या, यौन स्वास्थ्य समस्या वा मोटोपन आदि छ भने यसले शुक्रकीटको गुणस्तर कमजोर बनाउँछ । यसबाहेक जसले बढी मदिरा पिउँछन्, धूम्रपान गर्छन्, लामो समय तनावमा छन् वा कम शारीरिक गतिविधि हुने काम गर्छन् जस्तै कम्प्युटरमा काम गर्ने वा पसलमा बसेर काम गर्ने आदि । यस्ता जीवनशैलीका प्रभावले पनि शुक्रकीटको कमी निम्त्याउन सक्छन् ।

थप रूपमा, अत्यधिक तातो पानीको नुहाउने, टाइट लुगा लगाउने वा ल्यापटप घुँडामा राख्ने जस्ता बानीले पनि शुक्रकीटलाई नोक्सान पुर्‍याउँछ । स्वस्थ आहार (फलफूल, तरकारी, नट्स र एन्टिअक्सिडेन्टयुक्त खानेकुरा) ले भने शुक्रकीटको गुणस्तर सुधार्न मद्दत गर्छ ।

बिस्तारै घट्छ प्रजनन क्षमता

पुरुषमा प्रजनन क्षमता अचानक समाप्त हुँदैन, बरु बिस्तारै–बिस्तारै घट्छ । ४० देखि ५० वर्षको उमेरमा पनि धेरै पुरुषहरू बाबु बन्न सक्छन्, विशेष गरी यदि उनीहरूले स्वस्थ जीवनशैली अपनाए भने । यसका लागि सही तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, धूम्रपान र मदिराबाट बच्ने, पुराना रोगहरू नियन्त्रणमा राख्ने र समय–समयमा प्रजनन जाँच गराउने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।

अध्ययनहरूले देखाएअनुसार ५० वर्षपछि आईभीएफ जस्ता उपचारमा सफलता दर घट्ने भए पनि स्वस्थ जीवनशैलीले ४०–५० वर्षमा पनि राम्रो सम्भावना कायम राख्छ । ३५ वर्षपछि नै नियमित शुक्रकीट जाँच गराउनु उत्तम हुन्छ ।

पुरुषको बढ्दो उमेरले मुख्य रूपमा शुक्रकीटको गुणस्तर र जेनेटिक स्वास्थ्यका कारण प्रजनन क्षमतलाई प्रभावित गर्छ ।

सही जानकारी र स्वस्थ जीवनशैली अपनाएर पुरुषहरूले राम्रो निर्णय लिन सक्छन् र स्वस्थ सन्तान प्राप्त गर्ने सम्भावना बढाउन सक्छन् । ४० वर्षपछि सावधान रहनु र चिकित्सकसँग परामर्श लिनु नै सबैभन्दा राम्रो उपाय हो ।

पुरुष प्रजनन
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पुरुषहरूमा बाँझोपन : कुन उमेरपछि सावधान हुनुपर्छ ?

पुरुषहरूमा बाँझोपन : कुन उमेरपछि सावधान हुनुपर्छ ?

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?