+

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

२०८२ चैत  ९ गते १८:०४ २०८२ चैत ९ गते १८:०४
Shares
डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेढो आँखा बालबालिकामा देखिने समस्या हो, जुन ४ महिनापछि स्थायी भएमा चिकित्सकको परामर्श आवश्यक हुन्छ।
  • डेढो आँखाको उपचारमा चस्मा, आँखा थेरापी र शल्यक्रिया मुख्य तीन विधि हुन्।
  • बालबालिकामा डेढो आँखाको कारणमा अनुवांशिकता, दृष्टिदोष र अत्यधिक मोबाइल प्रयोग प्रमुख छन्।

डेढो आँखा भएका बालबालिकाहरू हाम्रो गाउँ–समाजमा प्रशस्त पाइन्छन् । हाम्रो नेपाली समाजमा डेढो आँखालाई ईश्वरको वरदान वा भाग्यमानी व्यक्तिको रूपमा लिने चलन पनि छ । तर वास्तवमा आँखा डेढो हुने आँखासम्बन्धी एक प्रकारको समस्या हो । यो कुनै जटिल रोगको संकेत पनि हुन सक्ने भएकाले अभिभावकहरूले बालबालिकामा देखिने डेढोपनलाई गम्भीरतापूर्वक लिनु आवश्यक हुन्छ।

बालबालिकाको आँखाको विकासक्रममा आँखा समन्वय पूर्णरूपमा विकसित हुन ४ महिनासम्म समय लाग्छ । त्यसैले ४ महिना नपुगेका बच्चामा आँखा डेढो छ वा छैन भन्ने निश्चित गर्न सकिँदैन । यस अवधिमा कहिलेकाहीँ आँखा डेढो देखिए पनि आत्तिनुपर्ने अवस्था हुँदैन ।

तर यदि बच्चाको टाउको असामान्य रूपमा ठूलो छ, आँखा नाकतिर गाडिएको जस्तो देखिन्छ, वा बच्चा बेलाबेलामा बेहोस् हुने समस्या छ भने, यो टाउकोसँग सम्बन्धित गम्भीर समस्या हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

४ महिनापछि पनि आँखा डेढो नै रहन्छ, क्रमशः बढ्दै जान्छ, वा पहिलेभन्दा बढी समयसम्म डेढो देखिन्छ भने नजिकैको आँखा अस्पतालमा जाँच गराउनु आवश्यक हुन्छ।

कहिलेकाहीँ वयस्कहरूमा पनि डेढो आँखा देखिन सक्छ । यस्तो समस्या जन्मजात हुन सक्छ वा उच्च रक्तचाप, मधुमेह वा टाउकोसँग सम्बन्धित समस्याका कारण अचानक देखिन सक्छ । वयस्कमा अचानक डेढो आँखा भएमा एउटै वस्तु दुईवटा देखिने (double vision) समस्या हुन्छ, त्यसैले तुरुन्त आँखा जाँच गराउनु आवश्यक हुन्छ।

डेढो आँखाका प्रकार र कारण

डेढो आँखा मुख्यत: दुई प्रकारका हुन्छन्:

-आँखा भित्रतिर (नाकतिर) बाङ्गिने

-आँखा बाहिरतिर (कानतिर) बाङ्गिने

यसका अतिरिक्त, कहिलेकाहीँ एउटै आँखा मात्र डेढो देखिन सक्छ भने कतिपय अवस्थामा दुवै आँखा पालैपालो डेढो देखिन्छन् ।

बालबालिकामा प्रायः आँखा भित्रतिर बाङ्गिने समस्या देखिन्छ भने वयस्कमा बाहिरतिर बाङ्गिने समस्या बढी देखिन्छ। यदि बच्चामा एउटै आँखा मात्र डेढो छ भने ‘अल्छी आँखा’ हुने सम्भावना बढी हुन्छ, जुन दृष्टिको हिसाबले अझ गम्भीर मानिन्छ।

मुख्य कारणहरू

-अनुवांशिक कारण : बाबु वा आमालाई डेढो आँखा भएमा बच्चामा १५–२०% सम्भावना हुन्छ।

-दृष्टि कमजोर हुनु:

-जन्मजात मोतिबिन्दु

-आँखाको नानी वा पर्दामा दाग

-चस्मा नलगाउनु : आवश्यक चस्मा समयमै नलगाउँदा पनि डेढो आँखा हुन सक्छ

-अत्यधिक मोबाइल/ट्याबलेट प्रयोग: लगातार नजिकको कामले आँखाका मांसपेशीमा तनाव बढाउँछ ।

त्यसैले बच्चालाई विद्यालय पठाउनुअघि अनिवार्य रूपमा आँखा जाँच गराउनु अत्यन्त आवश्यक छ ।

डेढो आँखाको उपचार कसरी हुन्छ ?

डेढो आँखाको उपचार यसको कारण र समयमै पहिचानमा निर्भर हुन्छ । यसको उपचार मुख्यतः तीन प्रकारका हुन्छन्:

१) चस्मा वा विशेष चस्मा

डेढो आँखाको प्रमुख कारणमध्ये दृष्टिदोष पनि एक हो। आवश्यक चस्मा समयमै प्रयोग गरेमा धेरै अवस्थामा डेढो आँखा आफैं सुधार हुन सक्छ । सही चस्मा प्रयोग गरेपछि ४–६ हप्ताभित्र सुधार देखिन सक्छ।

कतिपय अवस्थामा प्रिज्म चस्मा प्रयोग गरिन्छ, जसले:

-आँखा सिधा देखाउन मद्दत गर्छ

-दुईवटा वस्तु देखिने समस्या कम गर्छ

यो विशेष चस्मा अनुभवी विशेषज्ञबाट मात्र बनाउनुपर्छ।

२) आँखा थेरापी

चस्मापछि बाँकी समस्या समाधान गर्न आँखा थेरापी गरिन्छ।

-अस्पतालमा गरिने थेरापी:

-हप्तामा २ पटक

-प्रत्येक पटक ३०–४५ मिनेट

-करिब २०–२२ सत्रमा राम्रो सुधार देखिन्छ

-घरमा गरिने थेरापी:

-दैनिक करिब ३० मिनेट

-चिकित्सकले दिएका उपकरण प्रयोग गरी

आजको समयमा थेरापीबाट धेरैजसो केस सफलतापूर्वक सुधार गर्न सकिन्छ।

३) आँखा शल्यक्रिया

यदि चस्मा र थेरापीले काम नगरेमा शल्यक्रिया गरिन्छ।

-छिटो आँखा सिधा बनाउन प्रभावकारी

-बाल आँखा विशेषज्ञद्वारा गरिने

-नतिजा प्रायः राम्रो हुने

डेढो आँखा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?