+

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

२०८२ चैत  १० गते १५:२७ २०८२ चैत १० गते १५:२७
Shares
के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नङमा देखिने सेतो दागलाई चिकित्सकीय भाषामा ल्युकोनाइकिया भनिन्छ र यो नङको जरा, बीच वा टुप्पोमा देखिन सक्छ।

नङमा देखिने सेतो दागलाई हामी प्रायः ‘नङ फुलेको’ भनेर चिन्छौँ । हाम्रो समाजमा यससँग जोडिएको एउटा अन्धविश्वास पनि छ, ‘नङ फुल्यो भने नयाँ कपडा लगाउन पाइन्छ।’

तर वास्तवमा यी सेतो दाग कुनै संकेत होइनन्, बरू शारीरिक कारणले देखिने सामान्य अवस्था हुन् ।  प्रायगरी नङ बढेर काटेपछि त्यो हराउँछ ।

अब प्रश्न उठ्छ, आखिर नङमा यस्ता सेतो दाग किन देखिन्छन् ? यसको वास्तविक कारण धेरैलाई थाहा हुँदैन ।

किन फुल्छ ?

चिकित्सकीय भाषामा नङमा देखिने सेतो दागलाई ‘ल्युकोनाइकिया’ भनिन्छ । यो शब्द ग्रीक भाषाबाट आएको हो जसको अर्थ हुन्छ ‘सेतो नङ ।’ यो दाग नङको जरा (म्याट्रिक्स) देखि लिएर नङको बीच वा टुप्पोसम्म कुनै पनि भागमा देखिन सक्छ । प्रायः यो हातका नङमा बढी देखिन्छ, किनभने हातले बढी काम गर्छौं, पानी र साबुन बारम्बार प्रयोग गर्छौं, जसले रसायनिक प्रतिक्रिया गरी फङ्गस प्रवेश गर्न सजिलो बनाउँछ ।

‘ल्युकोनाइकिया’का प्रकार

ल्युकोनाइकियालाई मुख्य रूपमा तीन भागमा बाँडिन्छ । पहिलो, ट्रु ल्युकोनाइकिया जसमा नङको जरा (म्याट्रिक्स) मा समस्या हुँदा नङको कडा भागमा सेतो दाग बन्छ र दबाउँदा पनि हराउँदैन । दोस्रो, आपारेन्ट ल्युकोनाइकिया जसमा नङ मुनिको छाला (नङ बेड) मा समस्या हुन्छ र दबाउँदा सेतो भाग हराउँछ । तेस्रो, स्यूडो ल्युकोनाइकिया जुन नङको सतहमा मात्र बन्छ र प्रायः फंगल संक्रमणका कारण हुन्छ।

किन देखिन्छ ?

सबैभन्दा बढी देखिने कारण भनेको सानो चोट हो । नङमा हल्का ठक्कर लाग्नु, ढोकाले थिचिनु, कडा जुत्ता लगाउनु, नङ टोक्ने बानी, म्यानिक्योर गर्दा आघात पुग्नु आदि कारणले नङको जरा प्रभावित हुन्छ । चोट लागेको केही समयपछि नङ बढ्दै जाँदा त्यो सेतो दाग देखिन्छ र नङ पूरै बढेर काट्दा बिस्तारै हराउँछ ।

अर्को कारण हो, नेल पालिस, नेल ग्लोस, नेल हार्डनर, रिमुभर वा फेक नेल प्रयोग गर्दा हुने एलर्जी वा रासायनिक प्रतिक्रियाले पनि नङ फुल्छ । लामो समयसम्म पोलिस लगाइराख्दा नङ सुक्खा र कमजोर भएर पनि सेतो दाग बन्न सक्छ ।

नङको ढुसी

केही अवस्थामा फंगल संक्रमण (नङको ढुसी)ले पनि नङमा सेतो दाग बनाउँछ । यी दाग विशेष गरी खुट्टाको नङमा बढी देखिन्छ । यो स्यूडो ल्युकोनाइकियाको मुख्य कारण मानिन्छ । साथै केही औषधिहरू (जस्तै केमोथेरापीका औषधि, एन्टिबायोटिक वा सुगरको औषधि)को साइड इफेक्टले पनि नङमा सेतो दाग देखा पर्न सक्छ ।

कमै अवस्थामा जिंक, क्याल्सियम, प्रोटिनको कमी, एनीमिया, कलेजो वा मिर्गौलासँग सम्बन्धित समस्या वा थाइरोइडको असन्तुलनले पनि अपरेन्ट ल्युकोनाइकिया निम्त्याउन सक्छ । यस्ता अवस्थामा सेतो दाग नङको धेरै भागमा फैलिएको हुन्छ ।

कतिबेला हानिकारक बन्छ ?

नङ फुल्नु (ल्युकोनाइकिया धेरैजसो अवस्थामा हानिकारक हुँदैन र यो पूर्ण रूपमा सामान्य समस्या हो । तर, केही दुर्लभ अवस्थामा यो समस्या गम्भीर स्वास्थ्य अवस्थाको संकेत पनि हुन सक्छ ।

विशेषगरी आपारेन्ट ल्युकोनाइकिया, जसमा दबाउँदा सेतो दाग हराउँछ भने त्यो कलेजोको समस्या (जस्तै सिरोसिस), मिर्गौला फेल हुने अवस्था, मधुमेह, हृदय रोग, प्रोटिन/एल्बुमिनको कमी, एनिमिया वा केही औषधिको साइड इफेक्ट (जस्तै केमोथेरापी) लाई संकेत गर्न सक्छ । यस्तोमा  छालारोग विशेषज्ञलाई देखाउनु उचित हुन्छ ।

साथै, सेतो दागहरू धेरै नङमा (हात र खुट्टा दुवै) फैलिएका छन् वा पूरै नङ सेतो देखिएमा, लामो समयसम्म नहराएमा, नङमा अन्य समस्या जस्तै, नङ मोटो/पातलो हुनु, पहेँलो/काला हुनु, खोक्रो/फुट्नु, दुखाइ/सुन्निने र दुर्गन्ध आउनुका साथै दागहरू २ महिनाभन्दा बढी समयसम्म हराउँदैनन् वा बढ्दै जाने ।

सेतो दागबाट बच्ने तरिका

– नङलाई सकेसम्म चोटबाट जोगाउने ।

– नङ टोक्ने बानी छ भने त्यसलाई छोड्ने प्रयास गर्ने ।

– नेल पालिस प्रयोग गर्दा राम्रो गुणस्तरको प्रयोग गर्ने ।

– खानामा जिंक, क्याल्सियम, प्रोटिन, भिटामिन बी र ई युक्त खानेकुरा (जस्तै बदाम, दूध, दही, माछा, अण्डा, हरियो सागसब्जी) बढी खाने ।

– हात र खुट्टाको सरसफाइमा ध्यान दिने ।

नङ सेतो दाग
डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने