सुवास गुरुङ
लुभेन । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा आर्थिक रुपमा विपन्न रहेका द्वन्द्व प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप आर्थिक संकलन कार्यलाई तिव्रता दिएको छ ।
११ अगष्टमा बेल्जियमा रहेका नेपाली समुदायको भेटघाट तथा वारविक्यु कार्यक्रम गरि करिव ७ लाख रुपयाँ जम्मा भएको र सहयोग आउने क्रम जारी रहेको नेपाली जनसम्पर्क समिति बेल्जियमका कोषाध्यक्ष दिनेश भण्डारीले जनाएका छन् । यो वर्षमा करिव १० लाख रुपयाँ जम्मा गर्ने लक्ष्य रहेको र हाल सालै मात्र सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितहरुलाई पनि सहयोग गरिने छ ।
समितिका अध्यक्ष सन्तोस जोशी (सुवास)ले यस विशुद्ध सामाजिक सेवामा उपस्थित भइ सहयोग गर्ने सवैमा हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दै इच्छुकहरुले अझै पनि समितिमा संपर्क गरि सहयोग गर्न आह्वान गरेका छन् । पहिरो पिडितहरुलाई यथाशिघ्र र संभव भएमा बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुले एकमुष्ट रुपमा रकम हस्तान्तरण गरिने जनसम्पर्क समिति बेल्जियमले जनाएको छ ।
द्वन्द्व प्रभावित बालबालिकाहरुको कोषको लागि भने नेपालमा समेत गृहकार्य भइ रहेकोले उपयुक्त संयन्त्र निमार्ण गरि रकम हस्तान्तरण गरिने छ ।
प्रतिक्रिया 4