News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ।
- तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँ घटेर २ हजार ९८० रुपैयाँमा झरेको छ।
१० कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । जसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4