१२ कात्तिक, जनकुपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ सितापुरमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप-२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ ।
मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटबाट गरिएको खेलको निर्णयमा वीरगंज यूनाइटेड बर्दिबासलाई ३ का विरुद्ध चार गोल गरेका थिए । जसमा एक गोलले बीरगञ्ज यूनाइटेडले जित हात पारेको हो ।
विजेता टोलीले पहिलो उपाधि एक लाख ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । पुरस्कार बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फूलकुमारी सिंहले प्रदान गरेका थिए । उपविजेता जनसेवी फुटबल क्लब बर्दिवासलाई मेडलसहित ५५ हजार रुपैयाँको चेक प्रदान गरिएकको छ ।
गाउँपालिकाको संरक्षण र बनदेवी माई युवा क्लबको आयोजनामा तिहार तथा छठ पर्वको अवसरमा कार्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4