+
+
Shares

कोशी सरकारका मन्त्री फेर्न छलफल भइरहेको छ: शेरधन राई 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य भइरहेको बताएका छन्।
  • राईले गठबन्धन दल नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरका लागि छलफल जारी रहेको बताए।
  • उनले भने, 'चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्' र दुवै दलका मन्त्री परिवर्तन हुने बताए।

१२ कात्तिक, विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्य भइरहेको बताएका छन्।

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दल नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरका लागि छलफल जारी रहेको बताए। कोशी प्रदेशका दुई मन्त्री विवादित छन्। अन्य मन्त्रीको कार्यकुशलतामाथि पनि ती दलहरूभित्रै प्रश्न उठिरहेको छ।

सरकारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद हेरफेर गर्ने बताउँदै राईले भने, ‘हाम्रा साझेदारहरूलाई स्पष्ट भनेका छौं, चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्।’

प्रश्न उठेका र काम गर्न नसकेका दुवै दलका मन्त्री परिवर्तन हुने उनको भनाइ छ ।  कोशी प्रदेशमा एमालेबाट ४ र कांग्रेसबाट ३ जना मन्त्री र १–१ राज्यमन्त्री छन्।

नेता राईले २३ र २४ भदौको जेन-जी आन्दोलनपछि मुलुक असामान्य अवस्थामा रहेको भन्दै वर्तमान सरकार चुनाव गराउन नबनेको दावी गरे।

जेन-जी पुस्ताको शान्तिपूर्ण आन्दोलन अपहरण गरी हिंसा मच्चाउनेहरूमाथि कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?