+
+
Shares

एनसेलले १० दिनमै सञ्चालमा ल्यायो २० नयाँ टावर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ।
  • मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा एनसेलले फोरजी सेवा विस्तार र टावर सुधार गरेको छ।
  • एनसेलले आगामी दुई महिनाभित्र देशका सबै प्रदेशमा थप १७० भन्दा बढी नयाँ टावर जडान गर्ने योजना बनाएको छ।

१२ कात्तिक, काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।

यसका साथै ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा आफ्नो फोरजी सेवाका साथै गुणस्तर विस्तार गर्न टावरमा सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यलाई तिव्रता दिएको छ ।

एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ । बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया तथा वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना, मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार तथा मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् ।

बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । ‘नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ‘एनसेलले आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ ।’

आगामी दुई दिनभित्र थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा रहेको उनले बताए । यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार तथा सुधार गरिएको कम्पनीले जनाएको छ ।

फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको जनाएको छ । यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?