+
+
Shares

मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेका छन्।
  • विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्।
  • गठबन्धन सरकारलाई ५४ मत आवश्यक छ, अहिले ५५ सांसदको समर्थन रहेको छ र तीन सांसद निलम्बित छन्।

१२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।

बुधबार साँझ मुख्यमन्त्रीको निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

बैठकमा सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदको पनि सहभागिता थियो ।

यी दुई दलका एकएकजना सांसद छन् । गत असोज २९ गते पाँच दल –जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत लिन दलहरूसँग समन्वय भइरहेको मुख्यमन्त्री सोनलले बताए । अब विश्वासको मत लिँदा ५८ सांसदको समर्थन पुग्नेमा सरकार आशावादी रहेको एक नेताले बताए ।

१०७ सदस्यीय प्रदेशसभामा सरकारको लागि आवश्यक ५४ मत चाहिन्छ । तर, तीनजना सांसद निलम्बित छन् ।

हाल गठबन्धन सरकारलाई जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ गरी ५५ जना सांसदको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?