+
नेपाली क्रिकेट :

रोहितको शतकमा यूएईलाई नेपालको मध्यम लक्ष्य

२०८२ कात्तिक  १३ गते १५:०१ २०८२ कात्तिक १३ गते १५:०१
रोहितको शतकमा यूएईलाई नेपालको मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान रोहित पौडेलले १०९ रन बनाएपछि नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
  • नेपालले दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३३ रन बनायो ।
  • यूएईका जाहिद अलीले ४ विकेट लिए ।

१३ कात्तिक, काठमाडौं । कप्तान रोहित पौडेलले शतक बनाएपछि आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य दिएको हो ।

रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।

यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

नेपाल र यूएई लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय