+
+
Shares

तीन महिनामा ४३ करोडको फेस क्रिम आयात, २८ करोडको स्याम्पु

चालु आव तीन महिनामा ४३ करोड ३० लाख ९८ हजार रुपैयाँको फेस क्रिम आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा फेस क्रिम आयातमा ४३ करोड ३० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ।
  • स्याम्पु आयातमा २८ करोड ९८ लाख ८९ हजार र कन्डिस्नर आयातमा ३ करोड ११ लाख २१ हजार रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ।
  • ओठ र आँखा शृङ्गारका सामान आयातमा २१ करोड ९१ लाख २९ हजार रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ।

१३ कात्तिक, काठमाडौं । दैनिक प्रयोग गरिने शृङ्गार सामान आयातमा ठूलो परिमाण बराबर रकम बाहिरिएको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्ष २०८२/८३ तीन महिना (साउन–असोज) सम्म स्याम्पु, बडी लोसन, तेल, फेस क्रिम, लिपिस्टिक लगायत सामग्री आयातमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको देखाएको हो ।

चालु आव तीन महिनामा ४३ करोड ३० लाख ९८ हजार रुपैयाँको फेस क्रिम आयात भएको छ । फेस क्रिम आयात गर्दा आयातकर्ताले सरकारलाई २२ करोड ६० लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।

गत आव २०८१/८२ को तीन महिना अवधिको तुलनामा भने फेस क्रिम आयात झन्डै दोब्बरले बढेको देखिन्छ । त्यसबेला २६ करोड ७९ लाख २४ हजार रुपैयाँको आयात भएको थियो ।

स्याम्पु, कन्डिस्नर आयातमा करोडौं खर्च

कपाल स्याहारका सामग्री आयातमा पनि ठूलो रकम बाहिरिएको छ । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङ लगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।

भन्सार विभागका अनुसार स्याम्पु आयातमा २८ करोड ९८ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै कन्डिस्नर मात्रै ३ करोड ११ लाख २१ हजार रुपैयाँको आयात भएको छ ।

गत आव तीन महिनामा भने ३२ करोड ६१ लाख ४१ हजार रुपैयाँको स्याम्पु र ३ करोड ३२ लाख २६ हजार रुपैयाँको कन्डिस्नर आयात भएको थियो । गत वर्षको तुलनामा स्याम्पु र कन्डिस्नर आयातमा भने कमी आएको छ ।

गत आव तीन महिनाको तुलनामा चालु आव तीन महिनामा कपालमा लगाउने तेल आयात पनि झन्डै दोब्बरले आयात भएको छ । गत आव उक्त अवधिमा १० करोड ७५ लाख ७२ हजारको तेल आयात भएकामा यस आव उक्त अवधिमा १९ करोड ७ लाख ६१ हजार बाहिरिएको छ ।

यस्तै  १ करोड ११ लाख ९३ हजार रुपैयाँको कपालमा लगाउने क्रिम आयात भएको छ । गत आव भने १ करोड १४ लाख ९५ हजारको आयात भएको थियो ।

कपाल रंगाउने वस्तु आयातमा ३१ करोड ८१ लाख ४० हजार बाहिरिएको तथ्यांकले देखाउँछ । गत आव भने ३० करोड २६ लाख ६६ हजार रुपैयाँको आयात भएको थियो ।

त्यस्तै कपाल हेरचाहका अन्य वस्तु आयातमा २६ करोड ८३ लाख १० हजार रुपैयाँ विदेशिएको छ ।

आँखा र ओठ शृङ्गारमा २१ करोड ९१ लाख

विभागका अनुसार ३ महिनामा ओठ र आँखा शृङ्गारका सामान आयातमा २१ करोड ९१ लाख २९ हजार रुपैयाँ बाहिरिएको छ । जसमा ओठ मेकअप आयातमा मात्रै १५ करोड ७६ लाख ४७ हजार खर्च भएको छ । आँखाका लागि ६ करोड १४ लाख ८२ हजार रुपैयाँको सामग्री आयात भएको तथ्यांकमा उल्लेख छ ।

गत आव सोही अवधिमा १३ करोड ७९ लाख ३ हजार रुपैयाँको ओठ मेकअप र आँखा मेकपमा ८ करोड ३४ लाख २४ हजार बाहिरिएको थियो ।

यस्तै तीन महिनामा १ करोड ३२ लाख १५ हजार रुपैयाँको नेल पोलिस आयात भएको छ । गत आव तीन महिनामा भने १ करोड ५२ लाख १९ हजार रुपैयाँको नेल पोलिस आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?