+
+
Shares

चिच्याउन र गाउन दुवैमा निपुण ४ मेटल गायक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेटल संगीतमा गायनसँगै सुर र तालमा चिच्याहट गर्न सक्नु गायकका लागि प्रभावशाली कौशल हो र सबैले गर्न सक्दैनन्।
  • हावर्ड जोन्स, कोरी टेलर, कोर्टनी लाप्लान्टे र चेस्टर बेनिन्गटन मेटल संगीतमा गायन र चिच्याहट दुवैमा उत्कृष्ट मानिन्छन्।
  • चेस्टर बेनिन्गटनको मृत्यु २० जुलाई २०१७ मा भएको थियो र उनी लिङ्किन पार्कका मुख्य गायक थिए।

मेटल, संगीतको एउटा विधा हो । नेपालको शहरी क्षेत्रमा समेत यो विधा लोकप्रिय छ । यस विधामा गायनसँगै चिच्याहट आवश्यक छ । त्यो पनि सुर र तालमा । अनि गायनसँगसँगै चिच्याहटमा स्वीच गर्न सक्नु एक मेटल गायकका लागि प्रभावशाली कौशल हो । तर सबैले यस्तो गर्न सक्दैनन् । यसका लागि खास सीप चाहिन्छ ।

आज हामी यी दुवैमा असाध्यै राम्रो गर्न सकेका चार मेटल गायकबारे चर्चा गर्दैछौं

हावर्ड जोन्स

२० जुलाई १९७० जन्मिएका हावर्ड जोन्स अमेरिकी मेटलकोर गायक हुन् । उनी ‘किलस्वीच इन्गेज’ र ‘ब्लड ह्याज बिन शेड’मा यसअघिका मुख्य गायक हुन् । उनी हाल ‘लाइट त टर्च’ र ‘सियन’ ब्यान्डमा गाउने गर्छन् । उनको आवाजलाई मेटल संगीतको दुनियाँमा निकै अद्‍भूत मानिन्छ । कारण उनको गाउने आवाज सफा सुनिन्छ । तर जब उनी चिच्याउँछन्, त्यो अविश्वसनीय रूपमा तिखो हुन्छ । उनले आफ्नो त्यो प्रतिभा ‘ब्लड ह्याज बिन शेड’ नामक ब्यान्डमै हुँदा देखाएका थिए । ‘किलस्वीच इन्गेज’ मा आएपछि त्यसलाई उनले झन् अघि बढाए । उनको पूर्ण प्रतिभा भने ब्यान्डको ‘द एन्ड अफ हार्टोक’ नामक एल्मबमा सुन्न सकिन्छ ।

कोरी टेलर

उनी गायक, लेखक र अभिनेता पनि हुन् । ८ डिसेम्बर १९७३ मा जन्मिएका उनलाई मुख्य रूपमा हेभी मेटल ब्यान्ड स्लिपनटको मुख्य गायकका रूपमा चिनिन्छ । तर उनी रक ब्यान्ड स्टन सोरका मुख्य गायक तथा गिटारवादक पनि हुन् ।

यो सूचीमा परेका कोरी टेलरको पनि आवाज उस्तै अविश्वसनीय लाग्छ । चर्को, बाक्लो स्वरबाट एकाएक सुमधुर धुनमा बदल्ने उनको आवाजको खुबी हो । उनले स्लिपक्नटको चौथो एल्बम ‘अल होप इज गन’को ‘साइकोसोसल’मा टेलरको क्षमताको राम्रो उदाहरण हो ।

यो गीतमा उनले भर्सहरूमा चिच्याएका छन् भने त्यसपछिका कोरसहरूमा आफ्नो आवाजलाई परिवर्तन गरेका छन् । उनको क्षमता बुझ्न ‘स्टन सोर’को गीत ‘थ्रु ग्लास’ पनि सुन्न सकिन्छ ।

कोर्टनी लाप्लान्टे

२६ फेब्रुअरी १९८९ जन्मिएकी उनी क्यानेडियन हेभी मेटल ब्यान्ड ‘स्प्रिटबक्स’का मुख्य गायिका हुन् । उनी अमेरिकामा जन्मेपछि क्यानडा सरेकी थिइन् । त्यो समयदेखि उनी गायनमै छिन् । त्यसअघि अमेरिकी मेटलकोर ब्यान्ड ‘आइरेस्ल्ड अबेयरवन्स’को पनि उनी मुख्य गायिका थिइन् । जुन ब्यान्ड फुटिसकेको छ ।

कोर्टनी लाप्लान्टे पनि यस कुरामा आफ्नो समकालीनहरू जस्तै राम्रा छन् । उनले गायक र चिच्याहट दुवैमा राम्रो गरेकी छिन् । उनको त्यो काम ‘स्प्रिटबक्स’ सँगै ‘आइरेस्ल्ड अबेयरवन्स’ ब्यान्डका दुई एल्बमहरू सुन्न सकिन्छ ।

चेस्टर बेनिन्गटन

यो विधामा लिङ्किन पार्क छुट्ने कुरै भएन । अनि ब्यान्डका चेस्टर बेनिन्गटन पनि । गाउने र चिच्याउने दुवै कुरामा उनी राम्रो उदाहरण हुन् । ब्यान्ड आफैं न्यू मेटल विधाको मुख्यधार बनिरहेको थियो । उनी यस मामिलामा कति अब्बल थिए भने उनको अद्‍भूत प्रतिभालाई गुमाउनु संगीत जगतका लागि ठूलो घटना बनेको थियो ।

२० मार्च १९७६ मा जन्मिएका उनको मृत्यु २० जुलाई २०१७ मा भएको थियो । उनी आफ्नो करियरको विभिन्न चरणमा ‘ग्रेज डेज’, ‘डेथ बाइ सनराइज’, ‘स्टोन टेम्पल पाइलट्स’ जस्ता ब्यान्डमा पनि आबद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?