+
+
Shares

रास्वपाको विस्तारित बैठकप्रति लुम्बिनी प्रदेशका महामन्त्रीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १०:३४

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा सहभागी कतिपयलाई आमन्त्रित भनिएकोमा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले  असन्तुष्टि जनाएका छन् ।

‘सन्दर्भ कार्तिक २१ र २२ शब्द चयन ‘आमन्त्रित’, दमन सहभागीहरुलाई निर्णय प्रक्रियामा बन्देज । बेलैमा निर्णय सच्चाइयोस् ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आमन्त्रित भनेर बैठकमा बोलाउने र निर्णय प्रक्रियामा बन्देज गर्नु उपयुक्त नहुने उनले बताएका छन् । तर, क–कसलाई आमन्त्रित भनेर बोलाइएको र निर्णय प्रक्रियामा बन्देज लगाइएको छ अधिकारीले केही खुलाएका छैनन् ।

बरु चेतावनीको शैलीमा लेखेका छन्, ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जहाँ  प्रतिरोध हुन्छ त्यहा विस्फोट हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सञ्जालमा प्रतिनबन्ध लगाउनु दमन भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘भाद्र २३ मा भीषण ओलीद्धारा दमन र जनताद्वारा प्रतिरोध, भाद्र २४ मा जनताबाट विस्फोट ।’

उनी लेख्छन्, ‘भाद्र २३ र २४ को क्रान्तिको माहोल गरम छ, रापताप सेलाएको छैन त्यो बेलामा कसैले वेद पढ्दैन ।’

विगत देखाएर उनले रास्वपाका नेताहरूको ध्यानाकर्षण गरेका हुन् । सामाजिक सञ्जालमै उनले आफ्नो स्ट्याटसमा डिपी अर्याल, स्वर्णिम वाग्ले, कबिन्द्र बुर्लाकोटी, बिपिन कुमार आचार्य, गणेश कार्कीको नाम मेन्सन गरेका छन् ।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक यही कात्तिक २१ र २२ गते चितवनमा बस्दैछ । यसअघि यही कात्तिक १४ र १५ गते बस्ने तय भएको थियो ।

शान्ति–सुरक्षा चुनौतीलाई कारण देखाउँदै पूर्व निर्धारित बैठक सारेर २१ र २२ गतेलाई पुर्‍याइएको हो ।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक नजिकिँदै जाँदा सहभागितालाई लिएर रास्वपाभित्र असन्तुष्टि देखा परेको छ ।

विस्तारित बैठक अपरिभाषित भएको भनेर कतिपयले प्रश्न उठाएका छन् ।

केन्द्रीय समिति मै असन्तुष्टी रहेको कतिपय नेताहरूले बताएका छन् । सहभागीले भोटिङ अधिकार पाउनुपर्ने माग डा. तोसिमा कार्कीले सार्वजनिक रुपमै राखेकी छन् ।

सहभागीले भोटिङ अधिकार नदिने र संस्थापन पक्षले आफ्नो पक्षमा बहुमत पुग्ने गरि प्रतिनिधि छनौट गरेको असन्तुष्ट पक्षको आरोप छ । प्रदेश समितिकै सबै सहभागी हुन नपाउने तर तल्ला कमिटीका पनि केहिले पाउने भनेर चयनमुखी सहभागिताको नीति अवलम्बन गरिएको भनेर आन्तरिक रुपमा असन्तुष्टि चुलिएको रास्वपाका नेताहरू बताउँछन् ।

यही बेला लुम्बिनी प्रदेशमा महामन्त्री अधिकारीले असन्तुष्टि जनाएका हुन् ।

कतिपय प्रदेश सभापतिले प्रदेशका सबै सदस्य सहभागी हुन पाउनु पर्ने माग राखेका छन् ।

पुर्वसांसद अशोक चौधरी, नेता गणेश कार्की लगायतले समेत आन्तरिक रुपमा रास्वपाको विस्तारित बैठकप्रति जनाएका छन् ।

नेता कार्कीले विस्तारित बैठकलाई परिभाषित गरिनु पर्छ भनेर आवाज उठेको बताए । ‘विस्तारित बैठकलाई के परिभाषा दिने ? केन्द्रीय समिति र कुन तहको विस्तारित बैठक भन्ने ? त्यो स्पष्ट छैन’ उनले भने ।

उनी थप्छन्, ‘केन्द्रीय समिति र हामीले छानेका सदस्य मात्रै भनेर विस्तारित बैठक भन्न मिल्दैन, विधानले चिन्दैन । प्रदेश समिति सदस्यलाई छुटाउनु परेको किन र आएकालाई पनि भोट गर्ने अधिकार नदिएको किन भन्ने प्रश्नको जवाफ सचिवालयले दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?