+
+
Shares

आन्दोलनका घाइते र मृतकका परिवारलाई अर्थले गर्‍यो १२ करोड ८० लाख निकासा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते र मृतक परिवारलाई कुल १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ।
  • घाइते २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजार रुपैयाँ र मृतकका ५३ परिवारलाई १५ लाख रुपैयाँ सहायता दिइएको मन्त्रालयले जनाएको छ।
  • सुरक्षा निकायका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सवारी साधन खरिदका लागि कुल ६८ करोड ३५ लाख रुपैयाँ थप बजेट उपलब्ध गराइएको छ।

१७ कात्तिक, काठमाडौं । २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारको नाममा अर्थ मन्त्रालयले अहिलेसम्म १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार घाइतेलाई तत्काल भैपरी खर्च वापत कुल २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजारका दरले रकम उपलब्ध गराइएको छ । यस्तो कुल रकम ४ करोड ८५ लाख ८० हजार हुन आउँछ ।

त्यस्तै मृतकका परिवारलाई १५ लाखका दरले सहायता, काजकिरिया, खाना तथा यातायात खर्च उपलब्ध गराइएको छ । अहिलेसम्म कुल ५३ परिवारले यस्तो सहायता पाएका छन् । यो सहायता रकम कुल ७ करोड ९५ लाख रुपैयाँ निकासा दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुरक्षा निकायका सवारी साधन खरिदमा समेत ठूलो रकम निकासा दिएको छ । नेपाल प्रहरीका लागि १ सय थान पिकअप र ६ थान कैदी बाहन खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपालका लागि २० थान पिकअप, २० थान दंगा नियन्त्रक बाहक, २ थान एम्बुलेन्स, ३ थान डिजास्टर रेस्क्यू भ्यान र ५ थान ट्रक खरीद गर्न २३ करोड ५ लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीका सवारी साधनमा अधिक क्षति पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?