News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मनास्लु पदमार्ग खुला भएको र पर्यटकीय गतिविधि सामान्य अवस्थामा फर्किएको बताएको छ।
- बोर्डले दोलखाको यालुङ री पिक आरोहण क्रममा आएको हिमपहिरोबारे जानकारी दिएको छ र अन्य स्थानमा अवस्था सामान्य बन्दै गएको उल्लेख गरेको छ।
- पर्यटकलाई सडक अवस्थाबारे जानकारी लिन र उच्च भू-भागमा न्यानो कपडा सहित यात्रामा जान बोर्डले सुझाव दिएको छ।
१८ कात्तिक, काठमाडौं । अघिल्लो साता देशभरि प्रभावित घुमफिर र पर्यटकीय गतिविधि सुचारु भएका छन् ।
नेपाल पर्यटन बोर्डले पछिल्लो अवस्थाबारे पर्यटकलाई जानकारी सार्वजनिक गर्दै यस्तो बताएका हो । बोर्डका अनुसार अहिले सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मनास्लु सहित पदमार्ग खुला भएका छन् । आकास खुलेको छ भने पदमार्गको जोखिम समेत हटेको छ । पर्यटन अहिले सामान्य अवस्थामा फर्किएको समेत बोर्डले जनाएको छ ।
विभिन्न गन्तव्य जानुअघि सडकको अवस्थाबारे भने जानकारी लिन बोर्डले सचेत गराएको छ । दोलखाको यालुङ री पिक आरोहण क्रममा आएको हिमपहिरोबारे अपडेट गराउँदै अन्य स्थानमा भने अवस्था सामान्य बन्दै गएको बोर्डले जनाएको छ । उच्च भू-भागमा चिसो बढेको भन्दै बोर्डले न्यानो कपडा सहित यात्रामा जान सुझाव दिएको छ ।
प्रतिक्रिया 4