१८ कात्तिक, जनकपुरधाम । जनकपुरधामको पिडारी चोकमा आज बिहान ११ बजेदेखि स्वास्थकर्मीहरूले चक्काजाम गरेका छन् । बिहानैदेखि चक्काजाम गर्दा सवारी आवागमनमा कठिनाइ भएको छ ।
प्रत्येक निजी अस्पतालहरुमा नेपाल सरकारको ऐन अनुसार तलब स्केल हुनुपर्ने मागसहित उनीहरू चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
सरकारी स्वास्थ्य संस्थाका करार कर्मचारी हटाई प्रदेश लोक सेवाबाट विज्ञापन हुनुपर्ने, स्वास्थ्यकर्मीको सुरुक्षा र बीमा हुनुपर्ने, प्रत्येक निजी अस्पतालमा हप्ताको ४२ घण्टा मांत्र कार्य हुनुपर्ने, स्वास्थ्यकर्मीहरूको परिवारलाई प्रत्येक निजी अस्पतालमा नि:शुल्क स्वास्थ्य उपचार हुनुपर्ने उनीहरूको माग छ ।
सम्बन्धित मन्त्रालयले तोके बमोजिम निजी तथा सरकारी अस्पतालहरूका समान विज्ञापन हुनुपर्ने, प्रत्येक निजी अस्पतालमा बिदाको सुविधा र भत्ताको व्यवस्था हुनुपर्ने र प्रत्येक निजी अस्पतालमा प्रत्येक १० प्रतिशत तलब वृद्धि हनुपर्ने लगायतका माग गरेका छन् ।
समयमै आफूहरूको माग पूरा नभए अझ सशक्त आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।
प्रतिक्रिया 4