+
+
Shares

भीम रावलसँग एकताको कुरा सकारात्मक बनेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १७:०५

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजै बिहानमात्रै रावलसँग महत्त्वपूर्ण छलफल भएको जानकारी गराएका हुन् ।

‘भीम रावल, झलनाथजी, घनश्यामजीसँग पनि कुराकानी भइरहेको छ । कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसति भएको प्रमाणको रुपमा यो भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग नेता अग्निप्रसाद सापकोटाले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक भएको र भोलि हुने एकता घोषणा सभामा सहभागी हुनसक्ने पनि प्रचण्डले बताएका छन् ।

माओवादी, समाजवादीसहित विभिन्न ९ घटकबीच भोलि एकता घोषणा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?