News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले चुनावमा जाने औपचारिक निर्णय गर्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएका छन्।
- सिटौलाले संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा मान्दै वर्तमान कार्यसमितिसँगै चुनावमा जानुपर्ने विचार राखेका छन्।
- महामन्त्री गगन थापाले द्रुत गतिमा महाधिवेशन गर्ने योजना ल्याए पनि सिटौलाले वर्तमान समितिले दौडन नसक्ने बताए।
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले चुनावमा जाने औपचारिक निर्णय गर्न ढिलाइ गरेकोप्रति प्रश्न उठाएका छन् ।
यसअघि संसद् पुनर्स्थापनाको पक्षमा बोलेका नेता सिटौलाले केन्द्रीय समितिको आजको बैठकमा चुनावमा जान निर्णय गर्न ढिलो भएको बताएका हुन् ।
जेनजी आन्दोलनपछि पहिलोपटक भौतिक रूपमा भएको कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकमा सिटौलाले पार्टीले प्रमुख मुद्दा संसद् पुनर्स्थापना हुनुपर्ने बताएका थिए । चुनावका कारणले महाधिवेशन गर्न सम्भव नहुने सिटौला निचोड थियो ।
सभापति शेरबहादुर देउवा उपचारको क्रममा रहेको बेला उपसभापति उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा त्यसदिन बैठक बसेको थियो ।
संसद् विघटन संविधानसम्मत नरहेको, अदालतले यसलाई परीक्षण गर्ने र चुनावमा जाने निर्णय गर्ने प्रस्ताव उक्त बैठकमा राखिएको थियो । त्यसअघि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा जानुपर्ने विचार राखेका थिए ।
त्यसबेला संसद पुर्नस्थापनाको मुद्धालाई जोड दिएका सिटौलाले आजको केन्द्रीय समितिको बैठकमा भने चुनावको पक्षमा विचार राखेको बैठकमा सहभागी नेताले जानकारी गराए । बैठकमा सिटौलाको प्रश्न थियो,‘चुनावको निर्णय गर्न किन ढिलाइ भइरहेको छ ?’
सिटौलाले वर्तमान कार्यसमिति लिएर नै चुनावमा जानुपर्ने विचार राखेका थिए । महामन्त्री गगन थापाले द्रुत गतिमा महाधिवेशन गर्ने गरेर ल्याएको तालिका अनुसार अहिलेको समिति दौडन नसक्ने सिटौलाको भनाइ छ ।
प्रतिक्रिया 4