News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन्।
- आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा दीपेन्द्रको रेटिङ अंक २०२ मा घटेको छ।
- पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा छन् भने कुशल भुर्तेल २५औं स्थानमा छन्।
१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् ।
आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् ।
यद्यपी दीपेन्द्रको रेटिङ अंक भने घटेको छ । उनको अंक घटेर २०२ भएको हो ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज उक्लँदा भारतका हार्दिक पान्ड्या चौथोमा र अफगानिस्तानका मोहम्मद नाबी पाँचौंमा झरेका छन् ।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा छन् ।

प्रतिक्रिया 4