News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंक र नास–आईटीबीच नविन डिजिटल बैंकिङ सेवाबारे छलफल भएको छ।
- बैंकले कर्जा दायरा विस्तार, नविन सेवा र व्यवसाय वृद्धिमा केन्द्रित छलफल गरेको छ।
- ग्लोबल आईएमई बैंकले मुलुकभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ र नास–आईटीको दिगो कोषलाई सहयोग गर्ने पहिलो साझेदार बनेको छ।
१९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच नविन डिजिटल बैंकिङ सेवाबारे छलफल भएको छ ।
बैंकको कर्जा दायरा विस्तार, नविन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि कर्जा योजना, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायबारे छलफल भएको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभिन्न पेशा तथा व्यवसायसँग आवद्ध समूहलक्षित व्यवसाय विस्तारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको उनले बताए । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्स्लेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखा रहीत बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया 4