२० कात्तिक, विराटनगर । बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि सीमा क्षेत्रमा सतर्कता अपनाइएको छ ।
अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारतीय र नेपाली सुरक्षाकर्मीले सतर्कता बढाएका हुन् । आज दिउँसो मोदीले अररियामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यसूची छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवालले सीमा क्षेत्रमा सतर्कता बढाइएको बताए । ‘सीमा क्षेत्रमा हामीले पहिलेदेखि नै सतर्कता बढाएका छौं,’ उनले भने, ‘भारतीय प्रधानमन्त्री आज अररिया आउने कुरा छ ।’
सीमा क्षेत्रबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङमा पहिलेदेखि नै नाकामा कडाइ गरिएको उनको भनाइ छ ।
भारतीय पक्षको अनुरोधमा मोरङ र सुनसरीको सीमा क्षेत्रमा प्रहरीले निगरानी र चेकजाँच बढाएको प्रहरी स्रोतले जनाएको छ ।
बिहारका १८ जिल्लामा आज मतदान हुँदैछ । मोरङ, सुनसरीसहितको सीमा जोडिएका जिल्लाहरुमा नोभेम्बर ११ तारिखमा चुनाव हुनेछ ।
प्रतिक्रिया 4