+
+
Shares

बिरामी बोक्ने एम्बुलेन्समा भेटियो गाँजा, दुई जना पक्राउ

मोरङमा बिरामी बोक्न एम्बुलेन्समा गाँजा बरामद भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:११

२० कात्तिक, विराटनगर । मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद भएको छ ।

बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स.१ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएको हो ।

गाँजा भेटिएपछि प्रहरीले २ जनालाई  पक्राउ गरेको छ । चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?