News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व विभागले प्यान कार्ड सेवा अब स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।
- करदाता सेवा कार्यालयहरू खारेज भएपछि प्यान कार्ड सेवा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि उपलब्ध हुनेछ।
- कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था विभागले स्पष्ट पारेको छ।
२० कात्तिक, काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।
आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो । तर हाल करदाता सेवा कार्यालयहरू खारेज भएका छन् ।
‘स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ’ विभागले भनेको छ ।
त्यस्तै कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
विभागअन्तर्गतका कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4