+

समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्सको लगातार दोस्रो जित

२०८२ कात्तिक  २० गते २१:३२ २०८२ कात्तिक २० गते २१:३२
समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्सको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा साइपाल एकेडेमीलाई ८७-२० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
  • ट्रेनिङ ग्राउण्डले जेभियर इन्टरनेसनललाई १११-१६ को फराकिलो अन्तरले हराउँदै पहिलो जित हासिल गरेको छ।
  • जुनियर यु–१६ तर्फ भ्याली पब्लिकले रिब्सलाई ४०-१९ ले हराएको छ।

२० कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्राण्डले साइपाल एकेडेमीलाई ८७-२० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

एकपक्षीय खेलमा ग्राण्डले चारै क्वाटरमा अग्रता बनाएको थियो । ग्राण्डले ३०-४, २२-१०, १७-४, १८-२ ले खेल आफ्नो पक्षमा पारेको हो । ग्राण्डका लागि डोमा तामाङले सर्वाधिक १६ अंक जोडिन् । डोमा समृद्धि प्लेअर अफ दि म्याच घोषित भइन् ।

पहिलो खेलमा जेभियर इन्टरनेसनललाई पराजित गरेको साइपालको यो पहिलो हार हो । यस्तै अर्को खेलमा ट्रेनिङ ग्राउन्डले जेभियर इन्टरनेसनललाई १११–१६ को फराकिलो अन्तरले हरायो ।

ट्रेनिङ ग्राउण्डले जेभियरविरुद्ध पहिलो क्वाटरमा २३-०, दोस्रो क्वाटरमा ३५-४, तेस्रो क्वाटरमा २९-७, चौथो क्वाटरमा २४-५ को अग्रता बनाएको थियो ।

ट्रेनिङ ग्राउण्डको यो पहिलो जित हो । पहिलो खेलमा ट्रेनिङ ग्राउण्ड ग्राण्ड स्टार्ससँग पराजित भएको थियो । ट्रेनिङ ग्राउण्डकी गरिशा सिलवालले सर्वाधिक ३० स्कोर गरिन् । गरिशा दी क्लिफ प्लेअर अफ दि म्याच घोषित भइन् ।

यस्तै जुनियर यु–१६ तर्फ भ्याली पब्लिक विजयी भयो । भ्याली पब्लिकले रिब्सलाई ४०–१९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १६ अंक जोडिन् ।

समृद्धि खुला महिला बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय